२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँके जिल्लाका अधिकांश पक्की पुल जीर्ण

७ मंसिर २०७५, शुक्रबार ०३:२५

मङ्सिर ७, बाँके (रासस) | बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् । 

सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण दर्जनौँ यस्ता पुल जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी खडकखण्डमा मात्रै करीब आधा दर्जन पुल जीर्ण भैसकेका छन् भने कोहलपुरदेखि पूर्व शिवखोला र पश्चिम मानखोलासम्मका थुप्रै पुलको अवस्था पनि दयनीय छ । 

चप्परगौडी, रोहिणीखोला, मानखोला, रझेना, बानियाँभार, चिसापानी, गाभरलगायत क्षेत्रका साना पुल जीर्ण भए पनि दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन गुडिरहेका छन् । पुलको क्षमताभन्दा बढी भारका सवारी साधनले दैनिक यी पुल प्रयोग गर्ने हुँदा पुलमा क्षति हुनसक्ने जोखिम उत्तिकै देखिएको छ । कोहलपुर जमुनाह सडकखण्डकासाना पुल (कल्भर्ड) पनि उत्तिकै जीर्ण छन् । 

सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल थोत्रा भइसक्दा पनि । यिनको मर्मतका लागि सडक डिभिजनदेखि सडक निर्माण कम्पनीसमेत मौन रहँदै आएको स्थानीयवासीको गुनासो छ । नेपालगञ्जमै पनि बागेश्वरी मन्दिर, सेतु विकचोक, देवाफुलवारीबाट लक्ष्मी हल जाने सडकमा रहेको कलर्भड, सुर्खेतरोडमा रहेको जेवी स्कूल नजिकको पुल, टाँगा स्टेशनलगायत स्थानका साना पुल जीर्ण छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर सुरज शर्मा यस्ता धेरै पुलको आयु खस्किसकेकाले तत्काल मर्मत गर्न जरूरी भएपनि यस्ता पुलको मर्मत कसले गर्ने भन्नेबारे अन्योल भएको उल्लेख गर्नुहुन्छ । सडक डिभिजन कार्यालयले समयमै पुल मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको कारकाँदाका गोपाल केसी बताउनुहुन्छ । 

पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भारका सवारी साधान चल्न नहुनेमा यहाँ ४० टनसम्मका सवारी साधान चल्दा पनि त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने सम्भावना भएको छ, एक प्राविधिकले भन्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता