2026-10-10 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडको सबभन्दा महँगो फिल्म बन्यो ‘२.०’, कति छ लगानी ?

मङ्सिर ८, काठमाडौँ | बलिउड सिनेमा उद्योगकै इतिहासमा सर्वाधिक लगानीको रेकर्ड राखेको बताइएको चलचित्र २.० मंसिर १४ गते अर्थात नोभेम्बर २९ गते विश्वभारी रिलिज हुँदैछ । रजनीकान्त र अक्षयकुमार स्टारर यो फिल्म झन्डै नेपाली रुपयाँ ९ अर्वको लागतमा निर्माण भएको हो । फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको सिक्वेल हो ।

यस फिल्मा अक्षयकुमार ‘२.०’ का भिलेन रोलमा देखिनेछन् । यो भूमिकाका लागि उनले ५२ करोड पारिश्रमिक लिएका थिए । चलचित्रका निर्माता ए सुभासकरन, राजु महालिंगम हुन् । चलचित्रका निर्देशक एस शंकर हुन् भने संगीत एआर रहमानको छ । फिल्ममा रजनीकान्त, अक्षयकुमारका साथमा, एमी ज्याकसन, सुधांशु पाण्डे, आदिल हुसेनलगायतका कलाकार छन् । ‘२.०’ को पहिलो भाग ‘रोबोट’ को अन्तिममा ‘चिठी’लाई संग्रहालयमा राखिन्छ । केही वर्षपछि एक रहस्यमयी र शक्तिशाली सुपरभिलेन (अक्षय कुमार) ले सर्वसाधारणमाथि आतंक मच्चाउँछ । ऊ आफ्नो नोक्सानको बदला पूरा दुनियाँसँग लिन थाल्छ ।

यो सुपर भिलेनको गतिविधि मोबाइलको माध्यमबाट चलेको हुन्छ । यसैको माध्यमबाट उसले संसारमा आफ्नो राज चलाउन खोज्छ । यस्तो अवस्थामा त्यही संग्रहालयमा राखिएको ‘चिठी’ लाई त्यसै आतंक मच्चाउने सुपर भिलेनसँग भिड्नको लागि तयार पारिन्छ । 

यो फिल्म मूल रूपमा तमिलमा बनाइएको हो । १४ भाषामा डबिङ गरेर फिल्म रिलिज गरिँदैछ । यो भारतीय फिल्म इतिहासको सबैभन्दा महँगो फिल्म हो । साइन्स फिक्सन ‘२.०’ लाई यसका फ्यान कुरिरहेका छन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको प्रतीक्षा बढेको हो । फिल्ममा अक्षयकुमार फरक रूपमा देखिनेछन् । फिल्ममा भीएफएक्सको प्रयोग धेरै गरिएको छ ।

रिलिजभन्दा पहिले नै ‘२.०’ ले प्रभासको ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । प्रभासको ‘बाहुबली २ द कन्क्लुजन’ २०१७ को सबैभन्दा हिट फिल्म हो । यो फिल्ममा पनि भीएफएक्सको अत्यधिक प्रयोग गरिएको थियो । फिल्मले बक्स अफिसमा कयौं रेकर्ड तोडेको थियो । ‘बाहुबली २’ भारतमा लगभग ६ हजार पाँच सय स्क्रिनमा रिलिज गरिएको थियो । यो सबैभन्दा ज्यादा स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बनेको थियो । रिपोर्टअनुसार रजनीकान्तको ‘२.०’ बाहुबलीको रेकर्ड तोड्दै ६ हजार ६ सयदेखि ६ हजार आठ सय स्क्रिनमा रिलिज हुँदैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने