२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडको सबभन्दा महँगो फिल्म बन्यो ‘२.०’, कति छ लगानी ?

८ मंसिर २०७५, शनिबार ०३:१९

मङ्सिर ८, काठमाडौँ | बलिउड सिनेमा उद्योगकै इतिहासमा सर्वाधिक लगानीको रेकर्ड राखेको बताइएको चलचित्र २.० मंसिर १४ गते अर्थात नोभेम्बर २९ गते विश्वभारी रिलिज हुँदैछ । रजनीकान्त र अक्षयकुमार स्टारर यो फिल्म झन्डै नेपाली रुपयाँ ९ अर्वको लागतमा निर्माण भएको हो । फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको सिक्वेल हो ।


यस फिल्मा अक्षयकुमार ‘२.०’ का भिलेन रोलमा देखिनेछन् । यो भूमिकाका लागि उनले ५२ करोड पारिश्रमिक लिएका थिए । चलचित्रका निर्माता ए सुभासकरन, राजु महालिंगम हुन् । चलचित्रका निर्देशक एस शंकर हुन् भने संगीत एआर रहमानको छ । फिल्ममा रजनीकान्त, अक्षयकुमारका साथमा, एमी ज्याकसन, सुधांशु पाण्डे, आदिल हुसेनलगायतका कलाकार छन् । ‘२.०’ को पहिलो भाग ‘रोबोट’ को अन्तिममा ‘चिठी’लाई संग्रहालयमा राखिन्छ । केही वर्षपछि एक रहस्यमयी र शक्तिशाली सुपरभिलेन (अक्षय कुमार) ले सर्वसाधारणमाथि आतंक मच्चाउँछ । ऊ आफ्नो नोक्सानको बदला पूरा दुनियाँसँग लिन थाल्छ ।


यो सुपर भिलेनको गतिविधि मोबाइलको माध्यमबाट चलेको हुन्छ । यसैको माध्यमबाट उसले संसारमा आफ्नो राज चलाउन खोज्छ । यस्तो अवस्थामा त्यही संग्रहालयमा राखिएको ‘चिठी’ लाई त्यसै आतंक मच्चाउने सुपर भिलेनसँग भिड्नको लागि तयार पारिन्छ । 


यो फिल्म मूल रूपमा तमिलमा बनाइएको हो । १४ भाषामा डबिङ गरेर फिल्म रिलिज गरिँदैछ । यो भारतीय फिल्म इतिहासको सबैभन्दा महँगो फिल्म हो । साइन्स फिक्सन ‘२.०’ लाई यसका फ्यान कुरिरहेका छन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको प्रतीक्षा बढेको हो । फिल्ममा अक्षयकुमार फरक रूपमा देखिनेछन् । फिल्ममा भीएफएक्सको प्रयोग धेरै गरिएको छ ।


रिलिजभन्दा पहिले नै ‘२.०’ ले प्रभासको ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । प्रभासको ‘बाहुबली २ द कन्क्लुजन’ २०१७ को सबैभन्दा हिट फिल्म हो । यो फिल्ममा पनि भीएफएक्सको अत्यधिक प्रयोग गरिएको थियो । फिल्मले बक्स अफिसमा कयौं रेकर्ड तोडेको थियो । ‘बाहुबली २’ भारतमा लगभग ६ हजार पाँच सय स्क्रिनमा रिलिज गरिएको थियो । यो सबैभन्दा ज्यादा स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बनेको थियो । रिपोर्टअनुसार रजनीकान्तको ‘२.०’ बाहुबलीको रेकर्ड तोड्दै ६ हजार ६ सयदेखि ६ हजार आठ सय स्क्रिनमा रिलिज हुँदैछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै