Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रवासीको सहयोगमा दुई करोडभन्दा बढीको लागतमा विद्यालय भवन निर्माण

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ९, गलेश्वर (रासस) | म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको रु दुई करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो । रु दुई करोड ५० लाखको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले रु दुई करोडभन्दा बढी आर्थिक सहयोग गरेका विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो । पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साबिकको भकिम्ली गाविसको जयन्ती माविको भवन २०७२ सालको भूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ५० लाख सहयोग उपलब्ध गराउनुबाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो । “विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीबाट मनग्य सहयोग भएको छ,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो “दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिहरुबाट प्राप्त सहयोगले गाउँका बालबालिकाले सुविधा सम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीप्रति हामी भकिम्लीवासी आभारी छौँ ।”

प्रवासी भकिम्लेलीको सहयोगमा अहिले २० कोठे भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न भइसकेको छ । विद्यालयले अत्याधुनिक प्रविधिको मेशिन खरीद गरी गाउँमा नै भवन निर्माणका लागि इँट्टा बनाएर भवन निर्माण गरेको हो ।