२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम समाज यूकेको बैठक सम्पन्न, मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग अन्तिम चरणमा

१० मंसिर २०७५, सोमबार ०३:३०

सुरेन्द्र इङ्नाम | मङ्सिर १०, (केन्ट), बेलायत | गत २५ नोभेम्बर २०१८ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै उप–सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यकम सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो चरणः यस संस्थाका संस्थापक अध्यक्ष चित्राज लिम्बुले सन २०११ मा उक्त सहयोगको सुरुवात गरेर पुर्बाध्यक्ष सुर्य खापुङ्ले शसक्त रुपमा लागी परेपछि धेरै सहयोग जुटाएर बर्तमान कमिटीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त भवन निर्माण सहयोगलाई अध्यक्ष डम्मर सिङ्गकले अन्तिम निर्णय लिन आज बैठक राखि भवन निर्माणको लागी स्विकृति लिने र दिने जस्मा भवनको एक छेउको ३ तले (एक एक कोठा पत्येक तलामा) साथै अन्य विविध कार्यको पनि समाजले निर्णय गरेको छ ।  

उक्त भवन निर्माणको लागी नेपाली रु १ लाख देखि रु ५ हजार माथि सहयोग गर्नेहरुको नाम शिलालेखमा रकम अनुसार राखिने र अन्य दाताहरुको रेकर्ड कार्यलयमा सुरक्षित राखिने निर्णय गरिएको छ । पहिलो चरणमा च्यारिटी डिनर नाईट बाट उठेको रकम नेपाली रु ३ लाख २१ हजार ५ सय रुपैया केहि वर्ष अगावै हस्तान्तरण गरि सकिएको र वर्तमान अध्यक्ष सिङ्गकले अब बाँकि उठेको २ हजार ७ सय ५४ पाउण्ड रकमलाई कहिले र कसरि हस्तान्तरण गर्ने भन्ने निर्णय गर्दै अध्यक्षले पहिलो चरणको कार्यकम समापन गरे । 

यस संस्थाले सन २००७ (स्थापना काल देखि) धेरै परोपकारी कार्यहरु गर्दै आएको छ । क्यान्सर पिडित आर्थिक सिङ्गक, मुटूको रोगी सरिता लिक्बु, क्यान्सर पिडित भिम प्रसाद थेगुम्बा, क्यान्सर पिडित मौसम लिम्बु, तेह्रथुम सदर मुकामा रहेको समाधि स्थलको पुनर्निर्माण सहयोग साथै आठराई सक्रान्ति बजारमा भएको आगलागी पछि अग्नि पिडितहरुको लागी १५ लाख नेपाली रुपैया प्रतक्ष पिडितहरुको हात–हातमा रकम हस्तान्तरण गरेको छ । यस मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग रासी भने करिब ७ लाख रहेको प्रतिवेदन  समाजका कोषाध्यक्ष जमिन थाम्देनले दिनु भयो ।


कार्यक्रमको दास्रो चरणः नेकपा एमाले नेपालका वर्तमान उप सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यक्रम रहेको थियो उक्त कार्यक्रममा समाजका अध्यक्ष सिङ्गकले हाम्रो जिल्लाका एक चेलिले राष्ट्रकै गरिमामय पदमा रहेर जनताको सेवा गर्ने सु–अवसर पाएकोमा गौरन्वित भएको अभिब्यक्त गर्दै संस्थाले सम्मान पत्र दिएर सम्मान गरे । अन्तरकृयाको क्रममा संघियताको लागी अहिलेको संविधान पुर्ण नभएको, लिम्बुवानको माग, विजयपुरको अतिक्रमण बारे प्रश्नमा उप सभामुखले अप्रत्यक्ष रुपले वर्तमान पदले यी कुनैपनि प्रश्नको जवाफ दिन नमिल्ने भनाई अभिब्यक्त गर्दै नेपालको वर्तमान राजनिति र देशमा भएका समस्या र विकासको कार्यहरुहरु प्रस्तुत गर्नु भएको थियो । 

बिहान ११ बजे बाट कार्यक्रम सुरु भएर साँझ ५ बजे सकिएको कार्यक्रमलाई संस्थाको सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सानु सुब्बाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ