पढ्न करिब 2 मिनेट लाग्छ

कृष्ण बिष्ट | मङ्सिर १३, बैतडी | पाटन नगरपालिकामा नागरिकहरुका गुनासो बढ्दै गएपछि नगरपालिकाको बैठकले गरेका निर्णय कार्यान्वयनको माग गर्दै नगर कार्यापालिकाका सदस्यहरुले बुधबार नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । नगरप्रमुख केशबहादुर चन्द प्रति नगर कार्यपालिका सदस्यहरुले नै असन्तुष्टि जाहेर गर्दै निर्णय कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएका हुन ।

स्थानीय तहको सरकार गठन भएको दुई आर्थिक वर्षमा पाटन नगरपालिकाले ३५ कार्यापालिका बैठक र ४ नगरसभा बैठकले पारित गरेका निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै सबत्र स्थानियहरुले गत सनिबार आलोचना गरेका थिए ।

पाटन नगर कार्यापालिकाबाट निर्णय भएको ५ करोडको पाटन नगर खानेपानी योजना, नगरको अतिक्रमित जग्गा लगायत, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएको नगर कार्यापालिका सदस्य एबम वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुँवरले बताउनुभयो ।

बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा नगरपालिकाका स्थानिय नागरीक नगरपालिकाका गतिविधिप्रति खिन्न भएका छन् । नगरपालिका आफैले गरेका निर्णय कार्यान्वयन नगर्दा विकास निर्माण र स्थानीय तहका गतिविधिबारे नागरिकहरुले असन्तुष्टि जनाएका छन् ।

नगर कार्यपालिकाबाट निर्णय भएका सार्वजनिक महत्वका गम्भीर निर्णय लागु गर्न मेयर उदाशिन भएको भन्दै नगर कार्यपालिका सदस्यहरुले माग पूरा नभए मेयर बिरुद्ध तालाबन्दी र हड्तालका कार्यक्रम ल्याउने बताएका छन् । यो विषयमा पाटन नगरपालिकाका मेयर केशब बहादुर चन्दले अमिन नहुँदा पाटन नगरपालिकाको अतिक्रमित जग्गा बारे निर्णय गर्न नकसको बताउनुभयो । यता भने नगरपालिकाले गरेका सबै निर्णय एकैचोटी कार्यान्वयन गर्न नसकिने भएकोले क्रमिक रुपमा निर्णय कार्यान्वयन हुँदै जाने नगरप्रमुख केशबबहादुर चन्दको भनाइ छ ।

नगर कार्यपालिका १४ वटै सदस्यहरुले नगरप्रमुख चन्दले कार्यापालिका र नगरसभाबाट पारित गरेका निर्णय कार्यान्वयन नगरे थप कमद चाल्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।