२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिका: बेथिति र मनपरीको प्रश्न ! जवाफदेहिता खै ?

२०७५, १८ मंसिर मंगलवार ०५:१३

अनिल अधिकारी | मङ्सिर १८, धादिङ | केहि समय अघि ज्वालामुखी गाउँपालिकाले किनेको डोजर पालिकामै थन्किरहेको अवस्थामा सोहि पालिकाको वडा नम्बर २ र ३ मा वडाध्यक्षकै मिलिमतोमा आफन्त तथा आसेपासे मार्फत डोजरहरु खरिद गर्ने तथा भाडामा लिएको बुझिएको छ | 

पालिकाले डोजर चलाउन चालक नपाएको बताउँदै गर्दा वडास्तरमा भने वडाध्यक्षका भाई तथा अन्य व्यक्तिहरुसँग वडाध्यक्षले मिलेर डोजर खरिद गरि संचालनमा छन् | यस बिषयमा पालिकाका अधिकारी तथा वडाध्यक्षहरुसँग बुझ्दा डोजर थन्किएर बसेको तथा केहि वडामा वडाध्यक्षहरुको मिलिमतोमा डोजरहरु लगाइएका छन् | वडा नम्बर २ र ३ मा वडाध्यक्षकै मिलिमतोमा कमिसन लिएर डोजर चलाउने भएकाले गाउँपालिका आफैले किनेको डोजर चलाउने विषयमा वेवास्था गरेको आरोप लगाइएको छ | 

वडा नम्बर ३ मा वडाध्यक्षकै भाईले डोजर खरिद गरेको र वडा नम्बर २ मा पनि वडाध्यक्षकै मिलिमतोमा डोजर किनेर चलाउने काम भएकोले गाउँपालिकाको डोजर चलाउनमा कुनै ध्यान नदिएको आरोप छ | 

वडाध्यक्षकै इशारामा डोजरहरु खरिद गरि वडाको बजेटमा काम गराईरहंदा पालिकाले किनेको डोजर भने चालक अभावको कारण देखाई संचालनमा ल्याईएको छैन | यस बिषयमा केहि वडाध्यक्षहरुले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलाई नै दोष दिएका छन् | उनीहरुका अनुसार डोजर चलाउनको लागि राम्रो तलव तथा सुविधा नदिएकाले गाउँपालिकाको डोजर त्यसै थन्किएको छ | एक स्थानियले भने 'कहिलेकाही चलाएजस्तो लाग्छ तर त्यो जनतालाई आँखामा छारो हालेका मात्र हुन् | लाखौको डोजर किनेको उपलब्धि छैन |'  

पालिका आफैले किनेको डोजर त्यसै थन्क्याएर वडाध्यक्षहरुलाई मनपरी गर्न दिने हो ? भन्ने प्रश्न सहित हामीले गाउँपालिका अध्यक्ष बिनोदराज तिमिल्सिनालाई सम्पर्क गर्न खोज्दा उनि केहि दिन अघि मोटरसाइकल दुर्घटनामा परि खुट्टा भाच्चिएर हालसम्म पनि अस्पतालमा रहेको जानकारी प्राप्त भएको छ | 

पालिकाकि उपाध्यक्ष जानुका सिंखडालाई यस बिषयमा सोध्दा पालिकाको डोजर चालककै अभावका कारण संचालनमा नरहेको जानकारी दिइन | 

ज्वालामुखी गाउँपालिकाले ९ महिना अघि डोजर खरिद गरेर हालसम्म पनि चलाउन नसकेको अवस्थामा उक्त डोजरलाई व्यवस्थापन गरि आलोपालो वडाहरुमा चलाउन सकिने उत्तम बिकल्प हुँदा-हुँदै फेरी पनि वडा पिच्छे डोजर किनेर तिनैलाई वडाको बजेटमा काम गराइएको पाइएको छ | 

तश्विरमा: जाव्लामुखी गाउँपालिकाको कार्यालय, धादिङ 

एक स्थानीयका अनुसार गाउँपालिकाले हतार-हतार कमिसनको लोभमा डोजर खरिद गरेर संचालन गर्न नसकेको अवस्थामा फेरी सोहि गाउँपालिकाको वडाहरुमा निजि डोजरबाट काम गराईनुले ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिहरुको जिम्मेवारीमा प्रश्नवाचक चिन्ह खडा भएको बताए | उनले भने 'पालिकामा ७ वडा छन्, वडाध्यक्षहरुले पालिकालाई दवाव दिएर पालिकाको डोजरबाटै निश्चित नियम बनाएर आलोपालो काम गर्न सक्छन तर त्यसो नगरी पालिकाको डोजर पालिकामै थन्क्याएर आ-आफै कमिसनको खेलमा काम गर्दैछन् |' 

गाउँपालिकाले यस अघि ठुलो कमिसनको खेलमा परेर हतारमा डोजर खरिद गरेको आरोप लाग्दै आएको छ | केहि समय अघि डोजर काण्डको बिषयलाई लिएर ज्वालामुखी गाउँपालिकाका लेखापालसंग एक अनलाइन मिडियाले गरेको संवाद सार्वजनिक भएको थियो | उक्त संवाद र आरोपको बिषयमा हालसम्म पनि पालिका तथा आरोप लागेका लेखापाल बेद प्रसाद पंगालीले कुनै स्पष्टिकरण दिएका छैनन् | संवादमा पंगालीले डोजरको बिषयमा नलेख्न धादिङका केहि पत्रकारहरुलाई पैसा खुवाएको कुरा खुलाशा गरेका थिए | यो बिषयमा पंगालीसँग कुरा गर्दा उनले आफूलाई झुटो आरोप लगाइएको बताए | साझा सबालले उनलाई सोध्यो – 'यस अघि तपाइको बिषयमा आएको बिषय झुटो हो भने किन गाउँपालिका र तपाई मौन बस्नुभयो ?' पंगालीको जवाफ थियो – 'त्यसपछि दशैं सुरु भयो… |' 

गाउँपालिकाले आफूप्रति लागेको हदैसम्मको गम्भीर आरोपमा मौन बसेर आफ्नो जवाफदेहिता समेत प्रश्नचिन्ह खडा गराएको छ | कर्मचारीहरु पालिकाले खरिद गरेको डोजर संचालनमा छ भन्नु तर स्थानीयले थन्क्याईराखेको देख्नु, खरिद गरेको ९ महिनासम्म पनि चालक अभावकै कारण देखाई डोजर संचालनमा नरहेको कारण बताउनु, मिडियामा आएका कुरा को जवाफदेहिता पुरा नगर्नु, वडा स्तरमा केहि वडाध्यक्षहरुले आफ्ना आसेपासेहरुको प्रभावमा परेर वडाको बजेट मनपरी परिचालन गर्नु जस्ता कारणले ज्वालामुखी गाउँपालिका भीत्र चरम बेथितिको खिचडी त पाकिरहेको छैन ? भन्ने प्रश्न खडा गराएको छ | स्थानीयहरुले जनप्रतिनिधिहरुले जनमुखी भन्दा पनि चुनावमा लागेको खर्च उठाउने धुनमा लागेको कारण मनपरी गरिरहेको आरोप लगाउने गरेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा