2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गिट्टी कुटेर जिविका चलाउछन् अपाङ्ग हर्क बहादुर

कृष्ण बिष्ट | मङ्सिर १८, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित पनालीका हर्क बहादुर बिष्ट अपाङ्ग हुन । उनको एक खुट्टा र दाया हातले काम गर्दैन । हिडडुल गर्न सक्दैनन । मात्र बाहिर भित्र गर्न सक्छन । बि.स. २०५९ साल देखि उनि अपाङ्ग जिवन ब्यातित गर्दै आएका छन । बसी बसी भएपनि घरमा गर्न सकिने जति काम गर्छन । आगन बडार्न, खेतमा समान्य गोडमेल गर्ने उनि काम गर्छन । “आगन बडार्न सक्छु, केसाबारीमा समान्य गोडमेल गर्न सजिलै सकिन्छ, त्यात्तिकै बिनाकाम बस्दिन” उनले भने ।

आगन बडार्ने कुचो र करेसाबारिमा काम गर्ने कुटो सगैँ अर्काे साथी पनि बनेको छ हतौडी । बिहानै हतौडी समाइहाल्छन उनि । आज भोली हर्क  बहादुरको दिनभरिको काम सुरु हुन्छ गिट्टी कुट्ने । उनि गिट्टी कुटेरै महिनामा १२ हजार देखि १५ हजार सम्म कमाउछन । उनि भन्छन “एक ट्याक्टर गिट्टी कुट्छु एक महिनामा एक ट्याक्टर गिट्टी तयार हुन्छ । एक ट्याक्टरको १२ देखि १५ हजार सम्म आम्दानी हुन्छ” उनले बताए । आफुले यो गिट्टी कुटको पैषाले घरको पक्की छानो हाल्ने आफ्नो योजना रहको उनि बताउछन । “यो गिट्टी बेचेको पैषाले यो पानी पर्दा चुहुने खरले छानोलाई हटाएर पक्की छानो हाल्ने सोचमा छु” उनले भने । घर छेउ भएर खोडपे सल्लेबासा कृर्षी सडक सञ्चालनमा रहेकाले  महिनै पिच्छे गिट्टीको माग आउने गरको उनि बताउछन । 

हर्क बहादुर ‘क’  बर्गका  अपाङ्ग  हुन । ‘अपाङ्ग भत्ताले मात्रै घर चल्दैन, खेति गरेर खानको लागि सिचाइ सुबिधा छैन’ अगाडी भन्छन । गिट्टी बेचेरै भएपनि घर ब्याभार चलेको छ । 

यसरि गिट्टी कुट्ने काममा उनकी धर्मपत्नी गौराको पनि साथ छ । टाढा टाढा बाट ढुंगा बोकेर कुटने ठाउमा थुपारिदिन्छिन । उनि भन्छिन “बिहान एक चोटी दिनभरि कुटनलाई पुग्ने ढुंगा ओसारेर मेलापात जान्छु” । हर्क बहादुर र गौरा दम्पतीका ४ छोरी १ छोरा हुन । ४ वटै छोरिको बिहे भइसक्यो, छोरा १५ वर्षका छन । उनको बिहे भएको छैन । ३ सदस्यीय परिवारका लागि खान लाउन गिट्टी कुटेरै पुग्ने गैराले बताइन । “गिट्टी बिक्री भएरै मासिक १५ हजार कमाइन्छ  खान लाउन पुगेको छ । अब घरको पक्की छानो  हाल्ने सोचमा रहेको छौ” । 

बिष्ट दम्पतिले जनप्रतिनिधीहरु सँग घरका लागि पक्की छानोको माग नगरेका होइनन । चुनाव हुनु भन्दा  पहिले केसव बहादुर चन्दले उनकै घर अगाडी चुनावि सभालाई सम्बोधन गर्दै मेयरमा बिजयी भएपछि यो घरको पक्की छानो हाल्नका लागि पहिलो आर्थीक वर्षमै बजेट बिनियोजन गर्छु भन्नु भएकै हो । तर चुनाव जितेको २ वर्ष बिते पनि कुनै सुनुवाइ नगरेको बिष्ट दम्पती दुःखेसो पोख्छन । ‘आश्वासन मात्रै दिए । बिष्ट दम्पतिले गाँउमा सिँहदरबार आएको अनुभव नभएको बताएका छन । 

यस्ता शारीरिक रुपमा अपाङ्गता भएका ब्याक्ती कति छन भन्ने यकिन तथ्या्क समेत ननिकालेको अर्का स्थानिय प्रताप बिष्टले बताए । उनिहरुले सरकारले  दिने गरेको मासिक अपाङ्ग भत्ता बाहेक कसैले पनि सेवा नपाएको अपाङ्गता भएका ब्यक्तीहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले