२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ का यी ८ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

२०७५, २० मंसिर बिहीबार १०:२६

मङ्सिर २०, रुपन्देही | प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । 

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले १२ जिल्ला हेर्ने गरी आठ जिल्लामा कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो । जिल्लामा कृषि र पशु सेवा कार्यालय नभएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी काम गर्ने जिम्मेवारी केन्द्रलाई छ । 

प्रदेशका ६ जिल्लामा पशु अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गरिएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, बाँके, दाङ र रोल्पामा पशु सेवाविज्ञ केन्द्रको स्थापना गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो । जम्मा १२ जिल्ला रहेको प्रदेशमा एक जिल्लाले अर्को जिल्ला हेर्नेगरी ६ जिल्लामा केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो । 

रुपन्देहीमा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय स्थापना गरिएको कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो । कृषि तथा पशु सेवालाइ कृषकका बीचमा सहज पहुँचका लागि केन्द्रको स्थापना भएको भन्दै उहाँले केन्द्रमार्फत कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विज्ञको सेवा दिने, तथा स्थानीय तहसँग समन्वय गरी काम गर्ने अख्तियारी केन्द्रलाई दिइएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए