2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’बाट बाहिरिइन् मेनुका

मङ्सिर २१, काठमाडौं | चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । टप ११ को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी आउट भएकी हुन् । उक्त रियालिटी शोका जजहरुले मेनुकाको निकै प्रशंसा गर्ने गरेका थिए । अडिसनमा उनले ‘जाने क्या बात है’ गाउँदा जजहरुले ‘तिम्रो मूल्यांकन गर्ने हाम्रो औकात छैन’ सम्म भनेका थिए । उनले हरेक प्रस्तुतिहरुमा उच्च स्कोरसहित स्ट्यान्डिङ अभेसन पाउँदै आएकी थिइन् । तर मेनुकाको यात्रा लामो हुन सकेन ।

गत शनिबार प्रशारित पछिल्लो एपिसोडमा आफ्नो छैंटौं प्रस्तुति दिएकी मेनुकाले कम स्कोर ल्याइन् । उक्त एपिसोडमा ‘सारेगामप लिटल च्याम्प’ का विजेता श्रेयान भट्टाचार्यसँग युगल गाएकी मेनुकालाई जजहरुले ८८.७ प्रतिशत स्कोर दिए । जज वाजिद खानले मेनुकाको प्रस्तुति सुन्दर भए पनि म्याजिकल नभएको प्रतिक्रिया दिएका थिए ।

यस एपिसोडसँगै प्रतियोगितामा उनको यात्रा टुंगियो । उनी आउट भएको एपिसोड भोली प्रशारण हुनेछ । आफू आउट भएपछि मेनुकाले टप ११ सम्म आइपुग्नु नै आफ्नो लागि गर्वको कुरा भएको बताएकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘अर्को साल फेरि यो कार्यक्रममा आउनुपर्छ भन्ने लागेको छ ।’

मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । त्यसमा पनि उनी टप ११ बाटै आउट भएकी थिइन् । सारेगमप भारतको सबैभन्दा पुरानो गायन रियालिटी शो हो । १ मे १९९५ बाट जीटीभीले यसको प्रशारण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय