२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’बाट बाहिरिइन् मेनुका

२१ मंसिर २०७५, शुक्रबार १०:३२

मङ्सिर २१, काठमाडौं | चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । टप ११ को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी आउट भएकी हुन् । उक्त रियालिटी शोका जजहरुले मेनुकाको निकै प्रशंसा गर्ने गरेका थिए । अडिसनमा उनले ‘जाने क्या बात है’ गाउँदा जजहरुले ‘तिम्रो मूल्यांकन गर्ने हाम्रो औकात छैन’ सम्म भनेका थिए । उनले हरेक प्रस्तुतिहरुमा उच्च स्कोरसहित स्ट्यान्डिङ अभेसन पाउँदै आएकी थिइन् । तर मेनुकाको यात्रा लामो हुन सकेन ।

गत शनिबार प्रशारित पछिल्लो एपिसोडमा आफ्नो छैंटौं प्रस्तुति दिएकी मेनुकाले कम स्कोर ल्याइन् । उक्त एपिसोडमा ‘सारेगामप लिटल च्याम्प’ का विजेता श्रेयान भट्टाचार्यसँग युगल गाएकी मेनुकालाई जजहरुले ८८.७ प्रतिशत स्कोर दिए । जज वाजिद खानले मेनुकाको प्रस्तुति सुन्दर भए पनि म्याजिकल नभएको प्रतिक्रिया दिएका थिए ।

यस एपिसोडसँगै प्रतियोगितामा उनको यात्रा टुंगियो । उनी आउट भएको एपिसोड भोली प्रशारण हुनेछ । आफू आउट भएपछि मेनुकाले टप ११ सम्म आइपुग्नु नै आफ्नो लागि गर्वको कुरा भएको बताएकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘अर्को साल फेरि यो कार्यक्रममा आउनुपर्छ भन्ने लागेको छ ।’

मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । त्यसमा पनि उनी टप ११ बाटै आउट भएकी थिइन् । सारेगमप भारतको सबैभन्दा पुरानो गायन रियालिटी शो हो । १ मे १९९५ बाट जीटीभीले यसको प्रशारण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य