२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमा-बुबानै सांसद ! छोरी मिस नेपाल हुँदै ‘विश्व शुन्दरी’को अन्तिम दौडमा…

२०७५, २१ मंसिर शुक्रबार २०:४१

मङ्सिर २२, काठमाडौँ | मिस नेपाल २०१८ बन्दा त्यति चर्चाकी पात्र बन्न नसकेकी सृंखला खतिवडाको चर्चा अहिले विश्वव्यापी छ । आज हुन गईरहेको मिस वर्ल्ड २०१८ मा सृंखलाको दावेदारी छ ।  

विश्वका १२० राष्ट्र सहभागी मिस वर्ल्डमा सृंखला खतिवडा विश्वकै सबै प्रतिष्पर्धी मध्ये टप-३० मा रहेर सबैभन्दा बढी भोट सहित आज मिस वर्ल्डको फाइनलमा आफ्नो प्रस्तुति दिनेछिन् ।  


धेरैले सृंखला खतिवडाको बिषयमा राजनीतिक पृष्ठभुमि बुझेका छैनन् । उनको चर्चाको एउटा पाटो राजनीतिक पृष्ठभूमिको परिवारबाट हुनु पनि हो । राजनीतिक रुपमा उनको परिवार आफैमा चर्चित परिवार हो । आमा बुबानै सांसद हुन् । विगतमा मिस नेपाल प्रतियोगिताको विरोधमा उत्रिने गरेको माओवादीसँग एकता गरेको तत्कालीन एमाले र अहिले नेकपाका सांसद विरोध खतिवडा र तत्कालीन नेकपा (एमाले)की मकवानपुर जिल्ला अध्यक्ष भइसकेकी अहिलेकी नेकपाकि प्रदेश नम्बर ३ सांसद मुनु सिग्देलकी छोरी हुन् शृङ्खला । 

एउटा देशको ताज जित्नु र विश्वमै ताज जित्नु पक्कै पनि फरक कुरा हो । राजनीतिले खोक्रो बनेको भनिएको देशका कयौं त्यस्ता तथ्य पनि हाम्रै अगाडी सानदार ठडिएका छन् । विश्वकै अग्लो सगरमाथाको देश हुनु, विश्वकै प्रमुख ४ धर्म मध्ये गौतम बुद्धको जन्म स्थल हुनु लगायत कयौं त्यस्ता बिषयले देशलाई विश्वसामु आफै पनि चिनाईरहेको छ । पक्कै पनि नेपालीको लागि विश्व शुन्दरीको ताज जित्नु कुनै विश्वकप क्रिकेट वा फुटवल जिते सरहकै कुरा हो । सृंखला खतिवडाले विश्व शुन्दरीको ताज लगाउन सके देशको पर्यटनमा ठूलो सहयोग मिल्न सक्ने बताइएको छ । 

राजनीतिक पृष्ठभुमिको अभिवावकबाट कसरी स्वीकृति लिएर २२ बर्षकै उमेरमा मिस नेपाल हुँदै विश्वमै पनि सर्वाधिक भोट र सम्भावित मिस वर्ल्डको दावेदार पात्र बन्दै प्रतिश्पर्धामा छिन् त सृंखला ? यस क्षेत्रमा उनको आमा अर्थात प्रदेश ३ कि सांसद सदस्य समेत रहेकी मुनु सिग्देलको ठुलो हात रहेको बुझिन्छ । सुरुवातमा बुवाले नमाने पनि मिस नेपालमा गएर आफ्नो प्रतिभा देखाउने र त्यसमा पाएको ख्यातिले समाज सेवा गर्ने छोरीको कुरालाई उनले आफ्ना श्रीमान अर्थात प्रतिनिधि सभाका सांसद बिरोध खतिवडासम्म पुर्याएर मनाइन् । मुनुले छोरीको इच्छाको बिषयमा पार्टीका सहकर्मीहरुसँग समेत कुरा गरेर छोरीलाई मिस नेपालमा सहभागी हुन पठाएकी थिइन् भन्ने बुझिन्छ । 


अभिभावकहरुको स्वतन्त्रतासँगै सृंखलाले जुन बाटो अगाडी बढीन् अब त्यो बाटोले नेपालमा मात्र नभई उनको परिचय सारा विश्वलाई गराइसकेको छ । जुन परिचय तथा ख्याती उनका आमा/बुबाले सांसद बनेर पाएनन् त्यसको कयौं गुणा ख्याती सृंखलाले कमाएर त्यसको खुसि आफ्ना आमा-बुबालाई पनि बाँडेकि छन् ।  

१२० देशका प्रतिष्पर्धी रहेका मिस वर्ल्डमा आफ्नो देशका सहभागीलाई भोटिङ गर्न गएकाहरुले समेत चकित हुँदै सृंखलाले पाएको भोटिङ ट्रेण्ड हेरे, उनि को हुन् भन्दै खोजे । 

विश्व सुन्दरीको प्रतिष्पर्धामा प्रतियोगिताको एउटा महत्वपूर्ण उपाधि 'ब्युटी विथ पर्पोज' जितेर नेपालको नाम उच्च राख्न सफल भईसकेकी सृंखलाले मतको आधारमा पाउने अर्को उपाधि मल्टिमिडिया अवार्ड जितेर यस पटकको 'मिस वर्ल्ड' को ताज नेपालले नै लगोस् भन्ने पक्षमा विश्वको ठूलो जमात छ भन्ने प्रमाणित गर्न सफल भइन् ।

बाँकी कुरा आज हुने 'मिस वर्ल्ड'को फाइनलले तय गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति