2026-10-15 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ज्योतिष कार्यालयका लागि भूमिदान

मंसिर २२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन्द्रगरमा नेपाल ज्योतिष परिषद्को कार्यालय स्थापनाका लागि भूमिदान गरिएको छ । परिषद्को प्रथम महाधिवेशनमा सुर्खेतका ज्योतिष मधुप्रसाद कौडीले भूमिदान गरेका हुन् ।

ज्योतिष कौडीले दिएको जमिनमा परिषद्को भवन निर्माण गरिनेछ । देशका ७७ वटै जिल्लाहरुमा परिषद्को शाखा विस्तार गरिएको नेपाल ज्योतिष् परिषद्का केन्द्रीय सचिव लक्ष्मी पन्थीले जानकारी दिए । उनका अनुसार सबै शाखाहरुमा करिव एकहजार पाँचसय आजिवन सदस्य र १० हजार साधारण सदस्य छन् । उनले ज्योतिष पेशालाई व्यवस्थित र मर्यादित बनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरे । ज्योतिष पेशा व्यवस्थित भए नाशाकोभन्दा बढी तथ्यमुलक प्रमाणहरु संकलन गर्नमा सहज हुने भएकाले सरकारलाई सहयोगको अपिल गरे । नेपाल पञ्चाङ्ग निर्णायक समिति हाल केन्द्रमा मात्र रहेकाले निकट भविष्यमै प्रादेशिक कार्यालय स्थापना गर्ने गृहकार्य भइरहेको सचिव पन्थीको भनाई छ ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ज्योतिष  विज्ञान र खगोल शास्त्रको कुरा गर्दा हाम्रा पूर्खाहरु नासाका वैज्ञानिक भन्दा शक्तिशाली रहेको दावी गरे । उनले ज्योतिष कामलाई वैज्ञानिक, व्यवहारिक र जनमुखी बनाउनतर्फ लाग्न सुझाव दिए । स्थानिय सरकारकोतर्फबाट ज्योतिष परिषद्लाई सहयोग गर्ने वचन सुवेदीले दिए । नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेश संयोजक डा.गौरीशंकर शर्माले कर्णाली प्रदेशमा नेपाली भाषा र ज्योतिष भाषाको उदय भएकाले ज्योतिषमैत्री बनाउन आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो