Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सामुदायिक बिद्यालयका निजि श्रोतमा कार्यरत शिक्षकको जिम्मेवारी स्थानिय तहले लिए

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | मंसिर २३, बैतडी | बैतडीकाका सामुदायिक बिद्यालयमा कार्यारत निजि श्रोतका शिक्षकहरुको जिम्मेवारी स्थानिय तहहरुले लिएका छन । शिक्षक दरबन्दी अभावले शैक्षिक गुणस्तरियता कायम हुन नसकेको र सामुदायिक बिद्यालयहरुले थेग्दै आएको आर्थीक ब्यायभार कम गर्नका लागि  स्थानिय तहहरुले पालिका मातहतनै न्युनतम पारिश्रमीक तोकेर  शिजि शिक्षक ब्यावस्थापनको जिम्मेवारी लिएका हुन ।

गाउपालिकामा शिक्षको गुणस्तर सुधारका लागी बिद्यालय ब्यावस्थापन समिती, अबिभिावक र  बिद्यार्थी कार्यक्रम कार्यन्वयनको चरणमा रहदा बिद्यालय ब्यावस्थापन समितीबाट निजि श्रोतमा कार्यरत शिक्षकको ब्यवस्थापनको माग आएकोले सामुदायिक बिद्यालयमा कार्यरत निजि शिक्षकहरुलाई गाउपलिकाले पारीश्रमीक र तालिमको ब्यावस्था गरेको  सुर्नया गाउपालिका अध्यक्ष बिर बहादुर बिष्टले बताउनुभयो ।

यसैगरि मेलौली नगरपालिकाले पनि जिल्लाका सामुदायिक बिद्यालयमा आवस्यक शिक्षक दरबन्दीको अभावले अध्यान अध्यापनमा कठिनाइ सिर्जना भएपछि नगरपालिकाले निजि श्रोतमा कार्यारत शिक्षकहरु पारीश्रमीककको जिम्मेवारी नगरपालिकाले लिएको वडा नं १ का अध्यक्ष एबम प्रबक्ता सुरत नेगीले जानकारी दिनुभयो ।

पाटन नगरपालिकाले पनि गत आर्थीक वर्ष देखि नै निजि श्रोतमा कार्यरत शिक्षकहरुका लागी पारिश्रमीक तोकेको थियो । माबी तहका निजि शिक्षकको लागी मासिक १६ हजार, आधारभुत तहका लागी मासिक ८ हजारका दरले पारिश्रमिक निर्धारण गरेको पाटन नगरपालिकाले जनाएको छ ।

सिगास गाउपालिकाले पनि निजि शिक्षक ब्यवस्थापनकै लागी भनेर १ करोड बढि बजेट बिनियोजन गरेकाले कार्यबिधी बनाएर कार्यान्वयनको अन्तीम चरणमा पुगेको गाउपालिका अध्यक्ष हरि सिँह धामीले जानकारी दिए ।