२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका दुर्गम गाउँमै नागरिकता प्रदान

२३ मंसिर २०७५, आईतवार ०६:४३

मङ्सिर २३, बैतडी (रासस) | जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको उहाँले बताउनुभयो । 

शिविरमा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बीउ वितरण गरेको छ भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको लागि औषधि वितरण गरेको छ । 

शिविरमा घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयले सेवा दिएका छन् । आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन् । 

आज शिवनाथको सुल्लेखानमा शिविर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । मङ्सिर २४ र २५ गते पञ्चेश्वरको कुलाउमा शिविर सञ्चालन हुनेछ भने २६ र २७ गते मेलौलीमा शिविर सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै