2026-10-10 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फिल्म ‘पासवर्ड’ मा ३ करोडमा मर्कियो सन्नीको कम्मर ! (हेर्नुहोस् ५ तस्विर)

मङ्सिर २५, काठमाडौं । बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनीले नेपाली फिल्मको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म ‘पासवर्ड’ को आइटम गीतमा उनले आइटम डान्स प्रस्तुत गरेकी छन् ।  उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ । 

छायांकन गरिएको फिल्मको ‘सन्नि हो नाम मेरो…’ बोलको गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णुदेभाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । 

नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका थिए ।  भिडियो छायांकनका केही स्थिर दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ । दुई करोड भारतीय रुपैयाँ (नेपाली ३ करोड १७ लाखमाथि) मा सन्नीले नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी हुन् । 

फिल्मका निर्देशक सम्राट बस्नेतले ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जन ढबी फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको यो डेब्यु फिल्म हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । 

यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय