Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंमै महिलाले गरिन् आफ्नै सौताको हत्या, ४ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुष २, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । मुगुको सोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको उनकै सौता २६ वर्षीया विष्णुमाया मल्लले हत्या गरेकी हुन् ।<br></p><p>हत्या आरोपमा प्रहरीले मल्लसहित उनकी बहिनी, भदा र भदाको श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।</p><p>स्रोतका अनुसार श्रीमान धर्मराज शाही भने मुगुमा छन् । उनी सोमबार नै काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए ।</p>