२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

२०७५, ३ पुष मंगलवार १२:०९

पुस ३, बैतडी | गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । 

कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिनुभयो । कञ्चनपुरको लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा सुरक्षागार्डका रूपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको स्टेशनमै करेन्ट लागेर मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएकाले टावरको बिटीएस चार्ज हुननसकेको उहाँले बताउनुभयो । 

चार्जका लागि वैकल्पिक उपाय खोजी भइरहेकाले अवरुद्ध टेलिकम सेवाको समस्या केही समयपछि समाधान हुने बताइएको छ । मोबाइल सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका हजारौँ ग्राहकलाई समस्या हुनुका साथै सञ्चारविहीन भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ