२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रत्न पत्थर उद्योग समस्यामा

४ पुष २०७५, बुधबार १०:४५

हेमन्त केसी | पुस ४,  जाजरकोट (रासस) |  भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटमा दर्ता गरेर सञ्चालनमा ल्याइएको टोनी हेगन रत्न पत्थर उद्योग बजारीकरणको अभावले नियमित रुपमा सञ्चालन आउन नसकेको हो । 

जिल्लाको औद्योगिक विकासमा योगदान गर्नुको साथै सयौं युवालाई जिल्लामै रोजगारी दिने उद्देश्य राखेर उद्योग सञ्चालन गरेको उद्योग बजार नपाएपछि सञ्चालनमा कठिन भएको सञ्चालक सुशील रावलले जानकारी दिनुभयो । 

रत्न पत्थरको व्यापार गर्नका लागि राष्ट्रिय बजार भन्दा पनि अन्तर्राष्ट्रिय बजारको आवश्यकता पर्ने बताउँदै सुशील रावलले भन्नुभयो, “हाम्रो लागि नजिकको अन्तर्राष्ट्रिय बजार भनेको भारत हो, भारतले हामीले निर्माण गरेको माल नै खरीद गर्दैन, निर्माण नगरेको माल मात्र जति लिए पनि खरीद गर्ने गरेको छ । हामी जस्ता साना उद्योगीले उत्पादन गरेको सामान थाइल्याण्ड पु¥याउन निकै गाह्रो छ, रत्न पत्थरको व्यापार थाइल्याण्डमा निकै राम्रो छ ।” 

उद्योगमैत्री कानून बन्न नसकेको बताउँदै रावलले भन्नुभयोे, “रत्न पत्थर अन्तर्राष्ट्रिय बजारमा लिएर कारोवार गर्नलाई यतिबेला खानी विभागले अनुमति दिएको छैन, राष्ट्रिय बजारमै व्यापार गर्नका लागि पनि तोकिएको परिणाममा मात्र कारोवार गर्न पाइने व्यवस्था गरेको छ ।” 

सरकारले उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने बताउँदै मिनरल्स कम्पनी प्रालि कुशे गाउँपालिका–३ अर्छानीका सञ्चालक करे चदाराले भन्नुभयो, “सरकारले उद्योगीलाई अनुदान दिने, बिनाधितो ऋण प्रवाह गर्ने नीति निर्माण गर्नुपर्छ तर, तीन तहका सरकारले त्यसो गर्न सकिरहेका छैनन् ।” 

चुनावको बेला जाजरकोट जिल्लालाई पानी र खानीको मुख्य केन्द्र भनेर नेताले भाषण गर्ने गरेको भए तापनि कुर्सी र सत्तामा पुगेपछि नेताले बिर्सिने गरेको चदाराले आरोप लगाउनुभयो । 

जाजरकोट जिल्ला बहुमूल्य रत्न पत्थरको हब भएको बताउँदै फ्रान्सका जियोलोजिकल अनुसन्धानकर्ता जिल्स रेभिनियोले भन्नुभयो, 

“ठाउँ रत्नपत्थरको हब भएको भए तापनि उद्योगबाट उत्पादन भएको मालको हब हुन सकिरहेको छैन, यसका लागि खुल्ला बजारको व्यवस्था हुन् आवश्यक छ, गुणस्तरीय माल उत्पादन गर्नुको साथै रत्न पत्थरसम्बन्धी नयाँ÷नयाँ कुराको अध्ययन अनुसन्धान गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि जियोलोजिकल कलेज सञ्चालन गर्न आवश्यक छ ।” 

फ्रान्सका भूगर्भविद् अनुसन्धानकर्ता जिल्स रेभिनियो गत मङ्सिर १६ गतेदेखि २३ गतेसम्म एक साताको समयमा कुशे गाउँपालिकाको अर्छानी, टालेगाउँ, छेडागाड नगरपालिकाको पजारु, रुवा, जजाय, पैराम, टिकाचौर र जुनीचाँदे गाउँपालिकाको गर्खाकोटलगायतका ठाउँको अवलोकन गरेर फर्किसकेका छन् । 

जाजरकोट जिल्लामा रहेका सबै रत्नपत्थर उद्योग र खानीसम्बन्धी दर्ता भएर काम गरिरहेका सबै कम्पनी एउटा एशोसिएशनभित्र बस्नुपर्ने बताउँदै भौगर्भिक अनुसन्धानकर्ता जिल्सले रत्न पत्थरको उद्योगमा नेपालको सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले कुनै सहयोग नगरे फ्रान्सबाट आफूले सहयोग जुटाउने बताएका छन् । 

देशका सम्पन्न मान्छेहरु अमेरिका, अस्ट्रेलिया लगायतका धनी देशमा जाने र गरीब जीवन निर्वाहका लागि कामको खोजी गर्दै भारत र खाडी मुलुकतिर दौडिने संस्कारको अन्त्य गर्न लगानी र आवश्यक जनशक्ति अभावमै सुशील रावलले रत्न पत्थर उद्योग सञ्चालन गरेका थिए । 

अहिले उनको उद्योगले उत्पादन गरेको सामग्रीले बजार पाउन नसक्नु, अन्तर्राष्ट्रिय बजारमा सामान लिनलाई खानी विभागले अनुमति नदिनुलगायतका समस्या झेल्नु परिरहेको छ । 

विश्वका विभिन्न मुलुकमा सौन्दर्यता र मानव गहनाका रुपमा प्रयोग हँुदै आएको रत्न पत्थर धार्मिक आस्था, प्राचीन मानव गहनाका रुपमा प्रयोग हुँदै आएको छ । रत्न पत्थर औषधिको रुपमा पनि प्रयोग गरिने गरिएको बताइएको छ । किलोको हिसाबले खरीद गरेर उद्योगमा प्रशोधन गरेर क्यारेटको हिसाबमा रत्न पत्थरलाई बिक्री गर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य