2026-11-02 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

  प्रेम रौले बाजुरा, ५ पुस ५, बाजुरा  (रासस) |  बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । 

सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयसँग भवनसँगै बस्ने बेञ्च, डेक्सको पनि अभाव रहेको विद्यालयले जनाएको छ । 

चिसोको समय पनि चौरमा पढ्नुपर्ने समस्याका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चार वटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताउनुभयो । 

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी हाल भारतमा नोकरी गर्न गएका छन् । 

कामदारदेखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । 

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको स्थानीय पारस रावलले जानकारी दिनुभयो । भवन सञ्चालन गर्र्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको अभिभावकहरुले आरोप लगाएका छन् । 

भवन निर्माणपछि हस्तान्तरण नहुँदा विद्यार्थी मारमा परेका छन् । भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूले कसैले खबर नगरेको बताउनुभयो । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रु ३६ लाखमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले रु १२ लाख रकम निकासा भएको नगरपालिकाले जनाएको छ । निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाइ छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उहाँको दाबी रहेको छ । 

बाल विवाह रोक्न विद्यालयका निगरानी पत्र 

बाजुराको दुर्गम क्षेत्रमा रहेको गौमूल गाउँपालिकाले गाउँपालिकाभरि रहेका सम्पूर्ण विद्यालयमा पढ्दै गरेका छात्रछात्राले बीचैमा विद्यालय छोड्ने र बाल विवाह गर्ने क्रमलाई रोक्न २३ वटै विद्यालयलाई निगरानी पत्र पठाएको गौमूल गाउँपालिकाले जनाएको छ । 

विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई विद्यालय छोड्ने अनि बाल विवाह गर्ने कार्य पूर्णरुपमा बन्द गरी उनीहरूको सुन्दर भविष्य निर्माण गर्ने तथा पढाइप्रति बालबालिकालाई अभिप्रेरित गराउने उद्देश्यले सम्पूर्ण विद्यालयलाई निगरानी पत्र पठाइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले केही वडामा बाल विवाह भएको खबर पाएपछि उनीहरूका अभिभावक बोलाई बाल विवाह रोक्न सहयोग गर्न आग्रह गरेका छौँ ।” 

तेइस वटै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा पढिरहेका कुनै पनि बालबालिकालाई पढाइ छोड्न र बाल विवाह गर्न नदिन नियमित रेखदेख तथा परामर्श गर्न निर्देशन दिइएको अध्यक्ष रोकायाले बताउनुभयो । कसैले बाल विवाह गरेको पाइएमा तत्काल गाउँपालिकालाई खबर गर्न पनि भनिएको छ । 

गाउँपालिकाभित्र रहेका सबै वडाका बाल विवाह गराउने आमा बुबालाई गाउँपालिकाको कार्यालयमा बोलाई बाल विवाहबाट हुने समस्या र त्यसको न्यूनीकरणका विषयमा छलफलसमेत गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिनुभयो । गाउँपालिकाले अघिल्लो साता मात्र छ जोडीलाई बाल विवाह गर्न रोक लगाएर आ–आफ्नो घर पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ खनालले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द