२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आठ बढी प्रजातिका जडीबुटी सङ्कलन

२०७५, ६ पुष शुक्रबार ०७:५४

 पुस ६, बाजुरा  (रासस) |  बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् । 

जडीबुटी सङ्कलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी सङ्कलन गर्नका लागि ४६ जना जडीबुटी व्यवसायीले अनुमतिपत्र लिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । 

जिल्लाका हिमाली गाउँपालिकाको साविकको बिच्छ्या र रुगिन, गौमुल गाउँपालिकाको दहकोट, बूढीनन्दाको कोल्टी, पाण्डुसैन, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागमा विभिन्न आठ बढी प्रजातिका जडीबुटी सङ्कलनका लागि व्यवसायीले सङ्कलन पूर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ । 

जिल्लाका सामुदायिक र राष्ट्रिय वनबाट मङ्सिर र पुस महिनामा चिराइतो, पाषणभेद, कटुकी प्रजातिका जडीबुटी सङ्कलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ । 

यसैगरी टिमुर, रिठा, सुगन्धवाल सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका दर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी सङ्कलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनमा सङ्कलन गर्न थालेको बताउनुभयो । 

पछिल्लो समयमा जिल्लामा पाँचऔँले, जटामसी र सेतक चिनी प्रजातिका जडीबुटी सङ्कलनमा रोक लगाइएको डिभिजन प्रमुख कँडेलको भनाइ छ । यी प्रजातिका जडीबुटी सङ्कलन गरेको पाइएका वन ऐनअनुसार कानूनी कारवाही गरिने डिभिजन प्रमुख कँडेलले राससलाई बताउनुभयो । 

जिल्लामा सङ्कलन गरिने विभिन्न प्रजातिका जडीबुटीबाट हरेक वर्षमा रु आठ लाखदेखि २२ लाखसम्म राजस्व सङ्कलन हुने गरेको बताइएको छ । फरकफरक प्रजातिका जडीबुटीबाट प्रतिकेजी रु १३ देखि रु २५ हजारमा बिक्री हुने गरेको पाइएको छ । 

जडीबुटीको जातका आधारमा बिक्री हँुदै आएको जिल्ला जडीबुटी व्यवसायी सङ्घ बाजुराले जनाएको छ । नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकाले पाँच वर्षसम्म कुनै पनि प्रजातिका जडीबुटी सङ्कलन गर्न प्रतिबन्ध गरेको छ । जडीबुटी व्यवसायीले मनोमानीरुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी सङ्कलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । 

जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातिका जडीबुटी सङ्कलन हुँदा जडीबुटीको बीउसमेत नपाइने अवस्था रहेको पाइएको छ । व्यवसायीले जडीबुटी सङ्कलन गर्दा जडीबुटीको बीउसमेत सङ्कलन गर्न थालेकाले आउँदा वर्षदेखि जडीबुटी पाउन कठिन हुने स्थानीयले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय