पढ्न करिब 2 मिनेट लाग्छ

पुष ६, काठमाडौँ | बैदेशिक रोजगार पर्वर्धन वोर्डको सचिवालयले बैदेशिक रोजगारीको क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की स्वदेशमै पेशा व्यवसाय/उद्द्म गर्न इच्छुकहरुलाई रु १० लाखसम्मको ऋण दिने सूचना गरी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ मा यस सम्बन्धि नीति तथा कार्यक्रम लागु गरेको हुँदा १० लाखसम्मको सरल कर्जा लिन वोर्डले सूचना जारी गरेको हो । यस सुविधा लिन चाहने नेपाली नागरिकले तोकिएको ढाँचामा फारम भारी २०७५ पुष मसान्त भित्र पठाईसक्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

आवेदन फारम बोर्ड सचिवालयको वेवसाइट www.fepb.gov.np बाट डाउनलोड गर्न सकिन्छ । साथै, निवेदन सचिवालयको ईमेल ठेगाना [email protected] बाट समेत पेश गर्न सकिने वोर्डले जनाएको छ ।

कसरी लिने सहुलियत कर्जा ?

विदेशबाट फर्किएकाहरुले स्वरोजगार हुनका लागि वैदेशिक रोजगार सम्बन्धी ज्ञान/सीप/तालिम/अनुभवको प्रमाणित प्रतिलिपिहरु साथमा लिई बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय जानुपर्ने छ । बोर्डमा गई एउटा फारम भर्न दिन्छ । सो फारम सही तरिकाले भर्नुपर्छ । फारम भर्दा एक प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । साथै फारममा तिन पुस्ताको पुरा नाम, ठेगाना, विदेश गएको देशको नाम, रोजगारदाताको कम्पनिको नाम, विदेश बसेको अवधि, अनुभव, सीप र नेपालमा गर्न लागेको पेशा वा व्यवसायको नाम, ठेगाना र अनुमानित लाग्ने खर्चको विवरण भर्नु पर्दछ ।

कर्जा लिन आवश्यक कागजातहरु के-के छन् ?

- ऋण लिन जाने व्यक्तिको नेपाली नागरिकताको प्रतिलिपि

- राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि

- श्रम स्वीकृतिको प्रतिलिपि

- कुनै पनि देशमा कम्तीमा ६ महीनासम्म सम्बन्धित तालीम र पेशा व्यवसायको प्रतिलिपि

वोर्डले प्राप्त हुन आएका निवेदनहरु मध्ये तोकिएका शर्तहरु पुरा भएका निवेदनहरु मात्र संकलन गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले स्वरोजगार हुन चाहनेको लगत विवरण तयार पार्ने र आवश्यक सहयोगका लागि सिफारिस सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नेछ ।

कर्जा रकम जुन उद्देश्यका लागि लिएको हो सोही उद्देश्यमा उपयोग गर्नुपर्छ ।

हेर्नुहोस् सूचना