२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी: ससुराको हत्या प्रकरण, बुहारी प्रहरी नियन्त्रणमा

२०७५, १० पुष मंगलवार ०५:४२

पुस १०, बैतडी | अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । 

मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो । 

लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताउनुभयो । लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् । “हत्याबारे केही खुल्न सकेको छैन,” प्रहरी निरीक्षक बोगटीले भन्नुभयो । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला