2026-10-15 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालिकोटका अग्निपीडितलाई राहत संकलन शुरु

पौष १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ । आज पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै वीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन गरिएको हो ।

विहीबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा एउटा मिनी जीपमा अट्नेजति खाद्यान्न तथा जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । राहत संकलन अभियान शुक्रबार पनि जारी रहने बताउँदै उनले अग्निीपीडितहरुलाई जिन्सी सहयोग गर्न चाहनेले संघको कार्यालयमा सामान बुझाउन सक्ने व्यवस्था मिलाइएको उल्लेख गरे ।

यस्तै आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्धारा स्थापित दैवीप्रकोप राहत कोषको खाता नं. ण्घघण्ण्ण्ण्घघढऋब् मा ईच्छाअनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाई दिनपनि महासचिव कंडेलले आग्रह गरे । संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा संघका पदाधिकारीहरु आफै राहत संकलनमा लागिपरेका छन । कालिकोटमा परेको विपत्तिमा मानवीयताका साथै कालीकोट उद्योग वाणिज्य संघले गरेको आग्रह अनुसार राहत संकलन शुरु गरिएको अध्यक्ष रातवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो