2026-06-28 07:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सप्तरी जिल्लामा धान उत्पादन बढ्यो

पुष १४, राजविराज (रासस) | यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेको छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो । 

जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेतीयोग्य जमीनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको बताउँदै प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५५० मेट्रिकटन धान उत्पादन भएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर सरदर दुई दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७३/०७४ मा उत्पादन दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७० /०७१ र ०७१/७२ मा जिल्लामा औसत तीन दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । 

गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन भएको उक्त कार्यालयले जनाएको छ । रोपाइको समयमा तुलनात्मकरुपमा वर्षाले साथ दिएकाले गत वर्षभन्दा आठ हजार ५०० हेक्टर बढी जमीनमा धान रोपाइँ भएकाले पनि धान उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताउनुभयो । 

गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा सात हजार हेक्टर जमनि बाँझै रह्यो । गत वर्षको बाढीले रोपाइँ भएको धानबालीसमेत पुरेपछि कतिपय किसानले यसपाली पनि धानबाली लगाउन सकेका थिएनन् । 

करीब आठ हजार ५०० हेक्टर धानबाली त्यति बेला बाढीले बगाएको थियो र बाँकी रहेको बालीबाट किसानले कूल एक लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमीन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ । सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीनलाई सिञ्चित क्षेत्र मानिए पनि चन्द्रनहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टरअन्तर्गतका अन्य सानातिना सिँचाइ छन् तर अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमीन बाँझो रहने गरेको उक्त कार्यालयले जनाएको छ । 

खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाइ, मललगायत आवश्यक व्यवस्था गर्नसके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर चारदेखि पाँच मेट्रिकटनसम्म पुर्याउन सकिन्छ ।” तर रोपाइँको समयमा सिँचाइको अभाव, त्यसपछिको बाढी अनि पानी आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा यहाँ धान उत्पादन घट्दै गएको कृषि क्षेत्रका जानकारको भनाइ छ । 

प्राप्त तथ्याङ्कअनुसार आव ०७४/०७५ मा ६३ हजार हेक्टर जमीनमा मात्रै धान बाली लगाइएको थियो भने २०७३/७४ मा ५४ हजार ५०० हेक्टर, ०७२/०७३ मा ३२ हजार ९०० हेक्टर तथा ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७०/०७१ मा ६० हजार २०० हेक्टरमा धान बाली लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी