२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण

१५ पुष २०७५, आईतवार ०७:३४

 पुस  १५, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ । 

गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रजिअ चन्दबहादुर कार्कीसहित सरकारी प्रमुखले मान्मबजार सरसफाइ गरेर श्रम दिन मनाउनुभएको छ । राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासहितले सरसफाइसँगै वृद्धलाई फलफूल वितरण गरेर श्रम दिन मनाउनुभएको छ । 

प्रवक्ता केसी नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिवमन्दिर क्षेत्रमा सरसफाइ गरेको छ । त्यसैगरी, सोही वडामा रहेको प्रशान्ति वृद्धाश्रमका १३ जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो । 

प्रदेश सरकारले हरेक महीनामा दुई दिन श्रम दिवस मनाउँदै आइरहेको छ । गुरुङ जातिको तमु ल्होसारमा परेको आजको श्रम दिनमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, प्रमुख सचिव रामप्रसाद थपलिया, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीलगायत सरकारी अधिकारी तथा कर्मचारी, स्थानीय समुदाय र पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो