2026-09-13 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुत्केरीलाई एक किलो घ्यू

 पुस १५, खस्यौली (रासस) | रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । 

जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ । यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो रु एक हजार २०० रहेको छ । अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन् । २०३२ सालमा कृषि विकास बैंकले गरीबी न्यूनीकरणका लागि सञ्चालन गरेको साना किसान विकास आयोजना २०५० सालमा स्थानीय सदस्यलाई हस्तान्तरण गरेपछि २०६० सालमा यसको स्थापना भएको बताइएको छ । 

संस्थाका सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि आधुनिक प्रविधिको माध्यमबाट कृषिलाई व्यावसायीकरण र लघु उद्योग स्थापना गर्दै सदस्यहरूको जीवनस्तर वृद्धि गर्ने परिकल्पना रहेको संस्थाका प्रबन्धक दिनेश घिमिरेले जानकारी दिनुभयो । उहाँले अधिकांश कार्यक्रम कृषि क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै साना किसान विकास लघु वित्तको सहयोगमा कृषि प्रशिक्षार्थीका रूपमा कृषि क्षेत्रमा प्रविधिको प्रयोग तथा यान्त्रिकीकरणबाट कृषि उत्पादन वृद्धि गर्न १० जनालाई इजरायल पठाइएको बताउनुभयो । 

सैनामैनाका शेयर सदस्य प्रेम घिमिरेले साना किसानका लागि स्थापना भएको संस्थामा सहुलियतपूर्ण र सस्तो ब्याजदर नभएको गुनासो गर्नुभयो । सहकारीले दूध डेरी सञ्चालन, बीउबिजन, भेटेरिनरीसम्बन्धी सेवा र मलखाद बिक्री–वितरण गर्ने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने समेत प्रस्ताव गरेको छ । शेयर पूँजी रु एक करोड ९१ लाख ८७ हजार ३०० रहेको संस्थामा रु १९ करोड २६ लाख पाँच हजार ८७२ निक्षेप सङ्कलन भएको छ । तीन हजार ५८४ शेयर सदस्य रहेको संस्थाले रु ३१ करोड २१ लख ४६ हजार ३५ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले