२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

२०७५, १६ पुष सोमबार ०६:०५

पुष १६, ओखलढुंगा (रासस) |  यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो । 

भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको काम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाका सभापति सुमन राजभण्डारीले बताउनुभयो । 

स्थानीयको माग र आवश्यकताका आधारमा प्राप्चामा मोलुङ गरा, हर्कपुरमा बेलीचमेली, वर्णालुमा रङ्गबोटे र साजे सुगारे सिँचाइ कुलो आयोजना निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिएको सभापति राजभण्डारीको भनाइ छ । आइएफ आरसिको सहयोगमा रेडक्रसले निर्माण तथा स्तरोन्नती गरेका चार वटा सिँचाइ आयोजनाबाट एक हजार ५७ परिवारको चार हजार २५५ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । 

सुख्खाग्रस्त क्षेत्रमा पुगेको सिँचाइको सदुपयोग गरे किसानहरूको आयआर्जनमा वृद्धि हुने सांसद यज्ञराज सुनुवारले बताउनुभयो । उहाँले अब पानी अभावकै कारण खेतीबालीमा देखिएको समस्या समाधान हुने भन्दै किसानको जीवनमा परिवर्तन आउनेमा जोड दिनुभयो । 

“अब पानी छैन, खेती हुँदैन भनेर नबस्नुस् । धमाधम आफ्नो बारीमा के–के फल्छ त्यो खेती लगाउनुस्”, सांसद सुनुवारले भन्नुभयो “कृषि क्रान्ति गरौँ, ओखलढुङ्गाका नागरिकले अब तराईको तरकारी किनेर खानेदिनको अन्त्य हुनुपर्छ । यहाँ आएका ट्रकहरू रित्तो पठाउने होइन, तरकारी र यहाँको अन्नपातले भरेर पठाऔँ ।” 

गाउँगाउँमा सडक सुविधा समेत पुगेकाले सिँचाइ र सडकको प्रयोग गरेर किसानले मनग्य आम्दानी बढाउन सक्ने उहाँको भनाइ थियो । सिँचाइ सुविधा उपभोग गर्न पाएपछि स्थानीय पनि हर्षित भएका छन् । गाउँमा सिँचाइ सुविधा आएको भन्दै नौमती बाजा बजाएर प्राप्चाका स्थानीयले खुसीयाली मनाएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध