२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरका भेडा व्यवसायी भेडापालनबाट वार्षिक रु पाँच लाख कमाउदै

२०७५, १६ पुष सोमबार ०८:५७

पुस १६, भोजपुर (रासस) | भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका लाक्पानेरु शेर्पाले विगत २१ वर्षदेखि भेडा पालेर राम्रो आम्दानी गरिरहनुभएको छ । शेर्पाले अहिले पनि पुख्र्याैली पेशालाई निरन्तरता दिँदै वार्षिक रु चार देखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । 

भेडापालनलाई अँगालेका शेर्पाको भेडीगोठमा यतिबेला १५० बढी भेडा छन् । बिहानदेखि बेलुकासम्म भेडाको स्याहारसुसारमा नै शेर्पाको दिन बित्ने गरेको छ । उमेरले ६३ वर्ष पुगेका शेर्पाले भेडीगोठ हिउँद लागेपछि गाउँमा र वर्षा लागेपछि मैयुङडाँडा सातदोबाटो, साल्पाको आसपासका जङ्गलमा लैजाने गरेका छन् । भेडा, भेडाको घ्यू, तथा ऊन बेचेर राम्रो आम्दानी भइरहेको शेर्पाको भनाइ छ । 

उहाँले भन्नुभयो, “भेडापालन व्यवसायमा पहिला धेरै साथी थिए, अहिले धेरैले छाडिसके तर मैले यही व्यवसायमा लागेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गरिहेको छु ।” पछिल्लो समय सामुदायिक वनको नीतिका कारण भने भेडापालन पेशा लोप हुँदै गएको शेर्पाले बताउनुभयो । 

खुला चरनको अभावले मैयुङ तथा टेम्के क्षेत्रमा विगतमा धेरैको सङ्ख्यामा रहेका भेडीगोठ अहिले १३-१४ वटामा समिति भएको शेर्पाको भनाइ । केही वर्षअघिसम्म खुलारूपमा वन क्षेत्रमा चरन गराउँदै आएकोमा मैयुङडाँडा आसपासमा सामुदायिक वन गठन भएपछि भेडापालनमा समस्या भएको शेर्पाले बताउनुभयो । प्रत्येक सामुदायिक वनले रु पाँच सयदेखि तीन हजारसम्म वार्षिक राजश्व उठाउने गरेको शेर्पाले बताउनुभयो । सामुुदायिक वनले उठाउँदै आएको राजश्वका कारण भेडापालनका लागि समस्या भएको हो । सरकारले नै वन नीति परिवर्तन गरेर सामुदायिक वन क्षेत्र चरनका लागि खुकुलो बनाइ दिनुपर्ने उहाँको माग छ । 

“चरनका लागि निकै समस्या छ, धेरै वटा सामुदायिक वनलाई राजश्व तिनुपर्छ, सरकारले वन नीतिमा केही परिमार्जन गरिदिए सजिलो हुने थियो ।” उहाँले भन्नुभयो । 

बेलाबेलामा भेडामा देखिने नाम्ले, छेराउटे, खोक्ने जस्ता रोगका कारण पनि भेडापालनमा समस्या भएको छ । पशु चिकित्सक नजिक नहुँदा दुई दिनको पैदल बाटो धाएर नगरपालिकाको दिङ्ला तथा भोजपुर सदरमुकाममा औषधि किन्न जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ