२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ

२०७५, १७ पुष मंगलवार ०३:३२

पुष १७, पर्वत (रासस) | विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । 

उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा तथा कतिपय सदरमुकाम झरेका कारण २०६८ देखि विद्यालय बन्द छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षासहित कक्षा १ देखि १० सम्म पठनपाठन गर्ने उद्देश्यले महायज्ञ लगाइएको वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । 

महायज्ञबाट सङ्कलन भएको रकमले विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरी प्रत्येक वर्ष कक्षा थप, अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन, कम्प्युटर शिक्षा र पुस्तकालय स्थापना गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले जानकारी दिनुभयो । सो महायज्ञ पुस २३ गतेसम्म चल्नेछ । महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरिरहनुभएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विद्यालयका लागि रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो । हाल कक्षा १ को पढाइ भइरहेको छ । अहिले ४१ विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी