२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा शव वाहन नहुँदा समस्या

२०७५, १८ पुष बुधबार ०७:२३

  पुस १८, बैतडी | दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन् । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् । 

जिल्ला अस्पतालमा मात्र हैन, जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदासमेत निजी सवारीमा बोकाएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिक समस्यामा पर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले बताउनुभयो । 

शव वाहन नहुँदा जिल्लावासीले शवलाई डोको वा बोरामा र सडक पुगेको ठाउँमा महङ्गो भाडा तिरेर जिप र ट्याक्टरमा बोक्ने गरेका छन् । उहाँले भन्नुभयो,“शव परीक्षण तथा अन्त्येष्टि गर्नुप¥यो भने निकै समस्या हुने गर्दछ” कुनै अप्रिय घटना आत्महत्या, भइपरी आएका घटना, दुर्घटनामा कुनै व्यक्तिको शव परीक्षण समस्या पर्ने गरेको छ । 

अति आश्यक रुपमा रहेको शववाहन किन्नको लागि स्थानीय प्रशासन तथा स्थानीय सरकारले अग्रसर हुनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । स्थानीय तहले महङ्गो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरीद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहन किन्नका लागि भने चासो देखाएका छैनन् । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा कुनै पनि स्थानीय तहले शव वाहन किनेका छैनन् । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला