2026-09-14 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँको व्यास नगरपालिकाले दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण

 पुस १९, दमौली (रासस) : तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरको हो । 

निर्मल माविका १००, जलदेवी माविका ८० र जनसेविका आधारभूत विद्यालयका २० विद्यार्थीलाई स्वेटर र टोपी प्रदान गरिएको वडाध्यक्ष खरसिंह दरैले बताउनुभयो । उहाँले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै वडाभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो । 

विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग 

तनहुँको दमौलीस्थित बाराही आवासीय माविमा अध्ययनरत विद्यार्थीले रिसिङ गाउँपालिका–१ कोइदिमस्थित अमर माध्यमिक विद्यालयका छात्रछात्रालाई बुधबार न्यानो कपडा सहयोग गरेका छन् । तिहारमा विद्यार्थी र शिक्षकले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले अमर माविका ७८ छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको शिक्षक विपीन गौलीले जानकारी दिनुभयो । 

बाराहीका विद्यार्थीले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालित विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । अमर माविका प्रधानाध्यापक कर्मसिं थापाले विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग गर्ने कार्य उदाहरणीय रहेको बताउनुभयो । 

समायोजन आवेदन भर्न सहायता कक्ष 

जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पुर्याउने उद्देश्यले बुधबारदेखि सहायता कक्षा सञ्चालनमा ल्याएको छ । 

कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी भइसकेको र कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पुर्याउन कार्यालयले प्रशासकीय अधिकृत रामप्रसाद ढकालको संयोजकत्वमा सहायता कक्षा सञ्चालनमा ल्याएको हो । 

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सहायता कक्षले अनलाइन आवेदन भर्न नसक्ने कर्मचारीको लागि आवेदन भर्न सहयोग पुर्याउने जानकारी दिनुभयो । साथै सोही कक्षबाट कर्मचारीको अभिलेख राख्नसमेत सहयोग गरिने उहाँले बताउनुभयो । 

सहायता कक्षामा प्रशासन कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र सहायक कम्प्युटर अप्रेटर प्रेमबहादुर आले सहयोगी कर्मचारीको रूपमा खटिनुभएको छ । सहायता कक्षा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस ११ गते सूचना प्रकाशित गरी समायोजनका लागि अनलाइन आवेदन भर्न कर्मचारीलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ