2026-09-14 08:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हिम्मतले चलेका ३८ वर्षीय ‘रामसिंह’ व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिदैं

 शेरबहादुर सिंह | पुस १९, भीमदत्तनगर (रासस) | परिस्थिति जति नै प्रतिकूल भए पनि निरन्तर सङ्घर्ष र परिश्रम गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका ३८ वर्षीय रामसिंह डगौंरा बन्नुभएको छ । 

थारू समुदायमा सानैबाट श्रम गर्न थाल्नुभएका डगौंरा श्रीमती सीमादेवीलाई स्तन क्यान्सर रोगले च्यापेपछि केही समय पीडाको भारी बोकेर थला पर्नुभयो । तर, हिम्मत हार्नुभएन र कृषक रामसिंहले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गरेर श्रीमतीको उपचारमा लागेको ऋणसँगै परिवारको खर्च चलाइरहनुभएको छ । 

“श्रीमतीलाई नै क्यान्सर देखिएपछि जिन्दगीबाटै हारिन्छ कि भन्ने आभाष हुन्थ्यो,” रामसिंहले भन्नुभयो, “हिम्मत नहारेकै कारण परिवारबाट खुशी लुट्न दिएन ।” गाउँमा रहेको धर्म जनता उच्च माविको करीब एक बिघा जग्गा भाडामा लिएर बेमौसमी तरकारी खेती गरेका रामसिंहले तरकारीबारी घरको दुःख बिर्सने माध्यम भएको बताउँनुहुन्छ । 

“तरकारीकै गोडमेलदेखि बिक्रीविरतणमै दिन बित्दा घरको पीडा पनि भुलिरहेको हुन्छु”, उहाँले भन्नुभयो, “बेलुकीपख हरेक दिन रु पाँच सयदेखि एक हजारसम्म कमाएर श्रीमतीलाई दिन पाउँदा खुशी छु ।” 

दुई वर्षअघि स्तनको शल्यक्रियापछि श्रीमतीलाई आराम भएको बताउँदै उहाँले उपचारमा रु ३५ लाखसम्म खर्च भएको बताउनुभयो । श्रीमती बिरामी नुहँदा गाउँमै राम्रो व्यापार भएको बताउँदै उहाँले उपचारका लागि सात कट्ठा जग्गा र पसल बिक्री गरेको सुनाउनुभयो । “अझै उपचारमा लागेको रु १५ लाख ऋण तिर्न बाँकी नै छ,” उहाँले भन्नुभयो, “त्यो बेला शुक्लाफाँटा नगरपालिका कार्यालयले रु २० हजार सहयोग गरेको थियो ।” 

पछिल्लो समय विद्यालयको जमीन भाडामा लिएर जैविक तरकारी खेती गरेका रामसिंहले ताजा तरकारी गाउँदेखि स्थानीय झलारी बजारसम्म बिक्री गर्ने गर्नुहुन्छ । 

“बितेको दुई महीनामा तरकारी र तरकारीको बेर्ना मात्रै रु अढाई लाखसम्मको बिक्री गरेँ,” उहाँले भन्नुभयो, “नगदेबाली भएकाले अन्नबालीभन्दा तरकारीमा मिहेनत र मुनाफा दुवै छ ।” दुई छोरी र एक छोराको पढाइ खर्चका साथै श्रीमतीको नियमित उपचार खर्च पनि तरकारी बिक्रिबाट भइरहेको उहाँको भनाइ थियो । 

शुक्लाफाँटा नगरपालिकाले डगौंरालाई बङ्गुरपालनमा रु एक लाख अनुदान सहयोगसमेत गरेको छ । कूल १५ वटा बङ्गुर पालिएको बताउँदै उहाँले बङ्गुरपालनबाट पनि मुनाफा हुने आशा छ भन्नुभयो । “तरकारी खेतीमा पनि बेर्ना, सिँचाइका लागि कहीँबाट अनुदान पाए थप खेती बढाउँदै लैजाने सोचमा छु,” उहाँले भन्नुभयो, “तरकारी खेतीमा फुर्सदको समयमा छोरा÷छोरी पनि सहयोगी बनेका छन् ।” 

सोही वडाका वडाध्यक्ष जगतबहादुर सिंहले युवा स्वरोजगारका लागि आफूहरु युवालाई व्यावसायिकतातर्फ लैजाने सोचअनरुप अघि बढेको बताउँनुहुन्छ । ‘एक घर, एक उत्पादनका लागि अगाडि बढाउन युवालाई विभिन्न तालीम-प्रशिक्षण र सहयोग गर्न वडा कार्यालय लागिरहेको छ,” सिंहले भन्नुभयो, “पहिलो चरणमा हामीले सडक सञ्जाल सबैतिर विस्तार गरेका छौँ ।” 

उहाँले किसानको सुविधाका लागि नगरपालिकाले ट्युबेल, बीउबिजनलगायत अन्य सामग्री वितरण गरेको बताउनुभयो । “स्थानीय सरकार जनताको मर्कामा मलहम लगाउन विभिन्न योजनासहित अघि बढेको छ,” शुक्लाफाँटा नगरपालिकाका प्रवक्तासमेत रहनुभएका सिंहले भन्नुभयो, “किसानलाई पनि अनुदानदेखि कृषि उपकरण वितरण अझै प्राथमिकतामा छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले