२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फरार ४६ अपराधी सुर्खेतबाट पक्राउ

१९ पुष २०७५, बिहीबार ०९:५८

पुस १९, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । 

मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

“फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत एक महीनाको खोजीमा प्रहरीले ४६ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “ जिल्लामा एक हजार ६०० अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौँ ।” अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेका उनीहरुलाई समात्न नसकिएको उहाँको भनाइ थियो । 

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी बढी छन् भने रु २५ तिर्न नसकेका अपराधी पनि फरार छन् । वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता क्षेत्रीले जतिसक्दो सुर्खेतलाई फरार अपराधी मुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाउनुभयो । सुर्खेत प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुस १८ गते सुर्खेतमा ९३८ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो