२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका महिलाद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

२०७५, २० पुष शुक्रबार ०८:५२

पौष २०, सुर्खेत । कर्णालीका महिलाहरुले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएका छन् । कर्णालीका महिलाहरुको समस्या समाधानको लागि उनीहरुले ध्यानाकर्षण गराएका हुन् । बिहीवार एक कार्यक्रमका बीच शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) कर्णाली प्रदेश र क्रियाशिल पत्रका महिला डब्लुडब्लु जे सुर्खेतले मुख्यमन्त्री कार्यालय पुगेर उक्त ज्ञापनपत्र पेश गरेको हो ।


संकल्पका कर्णाली प्रदेश अध्यक्ष सितलसिंह राठौरले सो पत्र मुख्यमन्त्री शाहीलाई प्रदान गरेकी हुन् । अझैपनि यस क्षेत्रका महिलाहरुमा व्याप्त धार्मिक तथा सांस्कृतिक कारणले हिंसा खेप्न बाध्य भएको भन्दै कर्णाली सरकारलाई ध्यानाकर्षण गराएको संकल्पका कर्णाली प्रदेश अध्यक्ष सितलसिंह राठौरले बताइन् ।  ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णालीका महिलाहरुका समस्या समाधानका लागि प्रतिवद्ध हुने बताए । यसको लागि सामुहिक प्रयास आवश्यक रहेको शाहीले औल्याए । ‘यस क्षेत्रमा विकृतिहरु व्याप्त छन्’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यस्ता विकृतिहरु न्यूनिकरण गर्दै हामी सामुहिक भावनासँगै अघि बढ्नुपर्छ ।’ विकृति विरुद्ध चेतना फैलाउनुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए ।

यस क्षेत्रमा आत्महत्याको अवस्था विकराल रहेको भन्दै यसलाई विशेष कार्यक्रमका साथ न्युनिकरणमा प्रदेश सरकार लाग्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी जबरजस्ती करणीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको भन्दै पीडिकलाई कारवाहीको दायरामा ल्याउनुपर्ने विज्ञप्तीमार्फत माग गरिएको छ । ‘बालविवाहको कारण महिला घरेलु हिंसाको सिकार भएका छन्’ ज्ञापनपत्रमा भनिएको छ, ‘विभिन्न जनचेतनामुलक कार्यक्रम पछि समस्या केही हदसम्म समाधान भएपनि यसलाई न्युनिकरण गर्न प्रभावकारी कदम चालिनुपर्छ’  त्यसैगरी द्धन्द्धको समयमा बलात्कारमा परेका महिलाहरु अझै पनि न्याय पाउन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी