2026-09-14 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकालीबाट उखु भारत निर्यात हुन थाल्यो

पुष २३, भीमदत्तनगर (रासस) | उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । 

स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । 

दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन नसकेको बताउनुभयो । 

“भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधारा चाँदनीका किसान उखु बिक्री भारतमै गर्छन् ।” उहाँले भन्नुभयो, “भारतीय गुड यहाँको भन्दा सस्तो भएकाले पनि स्थानीय उद्योग फष्टाउन सकेनन् ।” भारतीय बजारमा उखु मूल्य प्रतिक्विन्टल ४०० भारुमा बिक्री हुन्छ, भने नेपाली बजारमा रु ४०० नेपालीमा बिक्री हुने गरेको छ । उद्योग सञ्चालन गरेका चदारोले आफूले पनि तीन बिघा जमीनमा उखुखेती गरेको बताउनुभयो । 

“उखुको उचित मूल्य निर्धारण नहुनुले पनि किसान मारमा परेका छन् ।” उहाँले भन्नुभयो, “स्थानीय उद्योगलाई सहयोग पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्छ ।” उहाँका अनुसार भारतीय गुड प्रतिकिलो रु २० र नेपाली गुड रु ४० मा बिक्री भइरहेको छ । १५ जनालाई उद्योगमा रोजगारी समेत दिएका चदारोले गुडबाट वार्षिक रु एकलाखभन्दा बढी मुनाफा भइरहेको बताउनुभयो । उखुबाट राम्रो आम्दानी हुन थालेपछि दोधारा चाँदनीमा अधिकांश किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले