पढ्न करिब 3 मिनेट लाग्छ

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम भरि प्राप्त गर्न सकिनेछ ।

कहाँ-कहाँबाट पाउन सकिन्छ रिपोर्ट ?

निवेदकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी मा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।

ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।

* निवेदन वुझाउने समय :- काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा – शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

* ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।