३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जान चाहनेले पुलिस रिपोर्ट बनाउन कहाँ जाने ? के-के कागजात चाहिन्छ ?

२३ पुष २०७५, सोमबार ०७:५२

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम भरि प्राप्त गर्न सकिनेछ । 

कहाँ-कहाँबाट पाउन सकिन्छ रिपोर्ट ? 

निवेदकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी मा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 

ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।

* निवेदन वुझाउने समय :-  काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा – शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । 

* ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली