2026-10-15 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय परिचयपत्र आधुनिक युगको प्रतीकः मन्त्री भण्डारी

पुष २३, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचयपत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताएका छन् । गृह मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उक्त अभियानमा हरेक नागरिक सहभागी हुनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय परिचयपत्र हरेक नागरिकको सुरक्षित र आधिकारिक अभिलेख भएको बताउनुभयो । ‘यसले राज्यको पहुँचबाट टाढा रहेकालाई सेवा प्रवाह गर्न मद्दत पुग्नेछ’, मन्त्री भण्डारीले भने, ‘परिचयपत्र वाहक हरेक नागरिक सार्वजनिक सेवा प्रवाहसंग जोडिनु आफैमा नयाँ युगकै थालनी हो, सम्वृद्ध नेपाल सुखी नेपालीको नारालाई यो अभियानले पनि आत्मसाथ गरेको छ ।’ सरकारले चालू आवमा कर्णाली प्रदेशका जुम्ला र सल्यानमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु गर्न लागेको छ । गृह मन्त्रालयले १६ वर्ष उमेर पुरा गरेका नागरिकको वैयक्तिक एवं जैविक सूचनासहितको आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरणको अभियान सञ्चालनमा ल्याएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाले राष्ट्रिय परिचयपत्रको अभियानले समुन्नत समाजको परिकल्पना गरेको बताए । ‘फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डले डिजिटल प्रदेशको अभियानमा टेवा पु¥याउन सक्छ’ उनले भने । प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले सबै परिचयपत्रको मूल पत्रका रुपमा राष्ट्रिय परिचयपत्रको अवधारणा आएकाले यस अभियानसंग हरेक नागरिक जोडिनुपर्ने बताए । जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारी कर्मचारीहरु प्रविधिमैत्री बन्न नसके अभियान प्रभावकारी रुपले अघि बढ्न नसक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो