२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

२०७५, २४ पुष मंगलवार ०७:५२

 राजेन्द्रप्रसाद पनेरु | पुस २४, कंचनपुर (रासस) | पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो । 

पढाइसँगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन् । गत शैक्षिक सत्रमा विद्यालयमा ८७२ विद्यार्थी भर्ना भएकामा चालु शैक्षिक सत्रमा विद्यालयमा ९१० जना विद्यार्थी भर्ना भएका छन् । 

चालु शैक्षिक सत्रमा शतप्रतिशत विद्यार्थीलाई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयको योजना छ । पढाइको गुणस्तरमा सुधार गर्दै जानु र चुस्त व्यवस्थापनका कारण विद्यार्थीको सङ्ख्या बढ्दै गएको विद्यालयका प्रद्यानाअध्यापक पीताम्बर जोशीले बताउनुभयो । दुई वर्षअघि भने विद्यालयमा ६०० को हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका थिए । 

“बीचमै कक्षा छाडेर जाने शिक्षकलाई तह लगाउन विद्युतीय हाजिरी, सिसिटिभी क्यामेरा र विद्यालयको कार्यालयको कार्यलाई नियमित गर्न जनशक्तिसँगै सौर्य ऊर्जाको व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो । विद्यार्थीलाई प्रविधि बारे जानकारी दिनका लागि कम्प्युटर ल्याबसमेत राखिएको छ । 

शिक्षा ऐन र नियमावलीले निर्दिष्ट गरेअनुरुप विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक बीचको पुलको कार्य गर्न शिक्षक अभिभावक सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रधानाअध्यापक जोशीले बताउनुभयो । 

‘‘पठनपाठनलाई मुख्य रुपमा हेरेकै छौँ’’ उहाँले भन्नुभयो,“वार्षिक कार्यतालिका बनाई अतिरिक्त क्रियाकलाप गराइँदै आएको छ । चालु शैक्षिक सत्रको हालसम्म २८ वटा वौद्धिक विधाका कार्यक्रम र २३ वटा खेलकूदका कार्यक्रम सम्पन्न गरिएका छन् ।” 

अतिरित्त क्रियाकलापकै कारण नेपालगञ्जमा निकट भविष्यमै सञ्चालन हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूर पश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी यस विद्यालयका १० जना विद्यार्थी बन्द प्रशिक्षणमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम धानुकले बताउनुभयो । 

“विद्यालयलाई सबै क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयका क्रियाकलपामा अभिभावकको संलग्नता बढाउनु, विद्यार्थी केन्द्रित रचनात्मक सिकाइ वातावरण सिर्जना गर्नु, विद्यार्थीको औषत सिकाइ उपलब्धि वृद्धि हुनु, विद्यालयका भौतिक साधान स्रोतको व्यवस्था गर्नु रहेको छ” उहाँले भन्नुभयो । 

भौतिक पूर्वाधारको अझै पनि अभाव हुँदा र विद्यार्थीको बढ्दो चापका कारण विद्यालय दुई ‘सिफ्ट’मा सञ्चालन हुुँदै आएको छ । बिहान ७ बजे देखि १० बजेर २० मिनेट सम्ममा कक्षा ११ र १२ को पढाइहुन्छ भने बिहान १० बजे ३० मिनेटदेखि ४ बजेर २० मिनेटसम्म कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुँदैआएका छन् । 

विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दातृ निकायको अहम् भूमिका रहँदैआएको छ । विद्यालयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा दुई किलो वाटको सौर्य ऊर्जा जडान गरिएको छ । नगरपालिका– ७ र ८ ले भवन निर्माण गर्न क्रमशः रु तीन लाख र रु चार लाख रकम अनुदान दिएका छन् । 

नगरपालिका कार्यालयले प्रदान गरेको रु तीन लाखबाट पर्खाल निर्माण गरिएको छ । तीन कोठे भवन निर्माणका लागि अभिभावकले रु एक लाख ६२ हजार २७७ रकम प्रदान गरेका छन् । वातावरण मध्यवर्ती सामुदायिक वनले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सहयोग गदैआएको छ । 

विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्न रु आठ लाख र चालु शैक्षिक सत्रमा विद्यार्थीको पोशाक खरीदका लागि रु ३२ हजार १५५ र कम्प्युटर खरीदका लागि रकमको व्यवस्था गरेको छ । बैजनाथ सामुदायिक वनले समेत विद्यालयलाई रु २६ हजार ४२५ रकम प्रदान गरेको छ । समाजसेवी मुकुन्द कुवँरले पिताको स्मृतिमा विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् । 

यसैगरी छोराको स्मृतिमा पुष्पराज बस्नेतले रु दुई लाख रकम खर्चेर खानेपानीको व्यवस्था मिलाइ दिएका छन् । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले भौतिक पूर्वाधार निर्माणका लागि रु २० लाख रकम विद्यालयलाई प्रदान गरेका छन् । 

विद्यालयका अधिकांश भवन जीर्ण रहेकाले वर्षात्का बेला चुहिने गरेका कारण पढाइ प्रभावित हँुदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धानुकले बताउनुभयो । उहाँका अनुसार अर्को चुनौतीका रुपमा विद्यालायमा विद्यार्थी अनुपातमा दरबन्दी र विषयगत शिक्षकको अभाव रहेको छ । 

विसं २०२६ मा स्थापना भएको विद्यालयमा २२ वटा ब्याचले कक्षा १० उत्तीर्ण गरेका छन् । विद्यालयको अभिलेख अनुसार हालसम्म एक हजार ५०९ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएका छन् । विद्यालयमा २८ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो