2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गोपी’माथि श्रम मन्त्री गोकर्ण बिष्टको चासो

पुस २४, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । सो भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए । 

‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’ 

मन्त्री विष्टले आफूले यदाकदा नेपाली फिल्म हेर्न गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । भेटघाटका क्रममा उनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए । 

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । 

‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भए पनि सफल भएको महसुस भएको छ ।’ 

लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । उनले पनि मन्त्रीको फिल्मप्रतिको चासोले ‘गोपी’लाई मात्र होइन, मौलिक कथामा फिल्म बनाउन चाहने थुप्रै फिल्मकर्मीलाई प्रेरित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय