२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ३ नगर एकीकृत शहरी विकास योजना बन्दै

२०७५, २५ पुष बुधबार ०७:३९

पुस २५, बैतडी | बैतडीका ३ नगरपालिका एकीकृत शहरी विकास योजना बन्ने भएको छ । सरकारले देशभरका १८५ नगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गर्ने लक्ष्य राखेकामा बैतडीका तीन नगरपालिकाको योजना निर्माण हुने भएको हो । 

दशरथचन्द, मेलौली र पुरचौडी नगरपालिकाको एकीकृत शहरी विकास योजना अघि बढाउनका लागि प्रारम्भिक काम शुरु भएका छन् । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा नगरपालिकाको एकीकृत शहरी विकास योजना बनाउन लागिएको हो । 

नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक, सुशासन, वातावरण, कृषि, पर्यटनलगायत नौ क्षेत्रको अध्ययन गरेर एकीकृत विकास योजना बनाइने ग्रिड गोसे÷राजदेवी इञ्जिनीयर जेभीका भूगोलविद् विष्णु अधिकारीले बताउनुभयो । आफूहरुले दशरथचन्द नगरपालिका र पुरचौडी नगरपालिकाको योजना बनाउने जिम्मा पाएको छ । दुबै नगरपालिकामा प्रारम्भिक अवलोकन, तथ्यङ्क सङ्कलन र नक्साङ्कनको काम भइरहेको जनाएको छ । 

नगरपालिकालाई आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने विषयमा योजना केन्द्रित हुनेछ । नगरपालिकाको समग्र विकासका लागि प्रत्येक नगरपालिका रु ३० करोड बढीका दुई योजनाको डिपीआर समेत निर्माण गरिने वातावरणविद् कुमोद लेखकले बताउनुभयो । मेलौली नगरपालिकामा एकीकृत शहरी विकास योजना निर्माणका लागि परामर्शदाताको टोलीले प्रारम्भिक छलफल गरेको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा