2026-09-13 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गरीबको विद्यालय आर्थिक अभावमा

नवीन नेपाली | पुस २५, नारायणपुर | दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जङ्गलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी । 
घोराही उपमहानगरपालिका–१३ सेवारको सो विद्यालयलाई धेरैले चिने पनि विभिन्न समस्याले पिरोलिएको छ । यो वर्ष कुनै निकायबाट विद्यालयले अनुदान प्राप्त गर्न सकेको छैन । 
“रु १५ लाख ऋण छ, विद्यार्थी, महङ्गो शुल्क तिर्न सक्दैनन् भने सरकारबाट पनि अनुदान पाउन सकिएन, त्यहाँसम्म पुहँच छैन ।” प्रधानाध्यापक बाल्मी केसीले भन्नुभयो, “आर्थिक अभावमा विद्यालय चलाउन गाह्रो भएको छ ।” 
विसं २०१७ मा स्थापना भएपनि २०३८ सालदेखि औपचारिक रुपमा सञ्चालन भएको सो विद्यालय स्थापना भएको ५८ वर्षसम्म प्राथमिक, निमावि हुँदै माध्यमिक त बन्यो तर विद्यालयको समग्र विकास भने हुन सकेन । यो वर्ष नगर शिक्षा कार्यक्रमबाट रु छ लाख ५० हजार विज्ञान प्रयोगशालाको कार्यक्रम भएपनि भवन अभावमा अहिलेसम्म स्थापना हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी चौधरीले बताउनुभयो । 
सशस्त्र दश वर्षे जनयुद्ध अगाडि विद्यार्थी सङ्ख्या अनुपातमा भवन राम्रै थिए । शिक्षक उत्साहित थिए भने शिक्षाको लहरले गाउँ शहर प्रभावित थियो ।’ प्रधानअध्यापक केसीले भन्नुभयो । 
वनको नजिकै रहेको वनगाउँ विद्यालयमा युद्धकै जगजगीका कारण विद्यालयको शिक्षण सिकाइ र विकास प्रभावित भयो । १० वर्षे युद्धले करीब १५ वर्ष विद्यालयको भौतिक विकासमा कुनै पनि काम हुन सकेन । विकासले शून्य १५ वर्षका कारण अहिले विद्यालय ऋणमा चलेको छ । “म आउँदा तीन सय पनि थिएनन् विद्यार्थी, अहिले ५२८ जना विद्यार्थी छन् । अभिभावकको मन जित्ने कोशिस गर्दैछौँ ।” 
छेवैका विद्यार्थी बोर्डिङले ओसार्छन् 
अङ्ग्रेजी शिक्षाका नाममा अभिभावक सरकारी विद्यालयको नाम सुन्दैमा नाक खुम्च्याउँछन् । यही समस्याबाट गुज्रिएको मावि सेवार बनगाउँका शिक्षक घरघरमा पुगेर अभिभावकलाई विद्यार्थी भर्नाको लागि अनुरोध समेत गरे । तर त्यही विद्यालय छेउका बालबालिका घोराही आउँछन् बोडिङमा अध्ययन गर्न । 
‘‘विद्यार्थीको सङ्ख्या घट्यो, ३०० भन्दा कम नै भयो, हामी घरघरमा पुगेर विद्यार्थी भर्ना गर्नुस् भन्दा पनि अभिभावकले मन गर्नुभएन । त्यसपछि हामीले विद्यालय विगारेछौँ भन्ने महसुस भयो’’ प्रधानाध्यापक केसीले भन्नुभयो, “त्यसपछि हामीले अङ्ग्रेजी शिक्षा शुरु ग¥यौँ ।” 
शैक्षिक २०७४ सालदेखि विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी शिक्षा लागू भएको छ । सन्तानलाई अङ्ग्रेजी शिक्षा दिने अभिभावकको योजनालाई पूरा गर्ने गरी विद्यालयले सीमित स्रोत साधनको बीचबाट अङ्ग्रेजी शिक्षा शुरु गरेको छ । अहिले कक्षा ६ सम्म अङ्ग्रेजी भाषामा अध्यापन हुन्छ । “हामीले सक्दो राम्रो गर्ने कोसिस गरेका छौँ, अहिले विद्यार्थीको सङ्ख्या समेत बढेको छ । यो राम्रो सङ्केत हो ।” 
दुई घण्टा हिँडेर विद्यालय 
गरीब विपन्न बालबालिका भने लामो बाटो हिँडेर विद्यालय पढ्न आउँछन् । मौलाकोट, बूढाकोट, लाहापेबाट विद्यार्थी दैनिक घन्टौं हिँडेर विद्यालय झर्छन् र हिँडेरै घर फर्किन्छन् । यस्तै लेटार जनकपुरबाटसमेत विपन्न वर्गका विद्यार्थी आउँछन् । 
‘‘यो विद्यालयमा धेरैजसो गरीब विद्यार्थी छन्, कहिलेकाहीँ अभिभावकलाई पनि लिएर आउँ भन्छौं हामीहरुले तर घरमा काम गर्नुपर्छ, काम नगरे खाने कुरा हुँदैन भन्छन्’’ प्रअ केसीले भन्नुभयो, “दलित, जनजाति समुदायका बालबालिकाले अध्ययन गर्ने भएकाले हामीले उनीहरुलाई छात्रवृद्धिको समेत व्यवस्था गरेका छौँ ।” 
टाढाका विद्यार्थीको सहजता र शैक्षिक सुधारका लागि विद्यालयले छात्रवाससमेत सञ्चालन गर्दै आएको छ । विद्यालयले सञ्चालन गर्दै आएको पुस्तकालय भवनमा छात्रावास चलाउन बाध्य रहेको प्रअ केसीले बताउनुभयो । दुई वर्षदेखि सञ्चालन गरिएको छात्रावासका कारण शिक्षामा सुधार आएपछि अहिले छात्रावासमा ३० जना विद्यार्थी छन् । 
महायज्ञ र योजना 
विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ–२०७५ को तयारी गरेको छ । प्राविधिक तथा उच्च शिक्षाका लागि भौतिक पूर्वाधार निर्माण गर्न विद्यालयले महायज्ञ सञ्चालन गर्न थालेको प्रअ केसीले जानकारी दिनुभयो । यही माघ ३ गतेदेखि १० गते सम्म सञ्चालन हुने महायज्ञका लागि प्रचारप्रचार तथा व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । 
महायज्ञलाई सफल बनाउन मूलसमिति अन्तर्गत रहेका ६४ वटा विभिन्न उपसमिति समेत सक्रिय भएर लागेको र मूल आयोजक समितिको संयोजकमा समाजसेवी विमला योगी रहनुभएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि हुन थालेको महायज्ञलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । विद्यालयले रु पाँच करोडसम्म आर्थिक सहयोग सङ्कलन हुने अपेक्षा समेत गरेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले