2026-09-14 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एम्बुलेन्स सञ्चालन हुनसकेन

 पुस २६, बैतडी | आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुँदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा नवीन्द्र ढकालले बताउनुभयो । “बेलाबेलामा खराबी आउँदा मर्मत गर्न रकम अभाव भएको छ”, प्रमुख ढकालले भन्नुभयो, “सरोकारवाला निकायसँग आवश्यक रकमको माग गरेका भए पनि कुनै पहल भएको छैन ।” 

मर्मतसम्भारका लागि आवश्यक रकम नपुग्दा पाटन नगरपालिकासँग आर्थिक सहयोगका लागि आग्रह गरिएको छ । एम्बुलेन्समा बिरामी बोकेबापत सामान्य भाडा लिने गरेकाले त्यो भाडाको रकमले मर्मतसम्भार गर्न रकम नपुग्ने गरेको बताइएको छ । 

एम्बुलेन्स सञ्चालन समितिले प्रतिकिलोमिटरमा रु ४० का दरले भाडा लिने व्यवस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मतसम्भार गर्न रकम अभाव हुने गरेको हो । एम्बुलेन्स सञ्चालनको जिम्मेवारी नगरपालिकालाई लिन पनि अनुरोध गरिएको छ । 

यसरी एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा यहाँका नागरिकले समस्या भोग्दै आएका छन् । कुनै गम्भीर प्रकृतिका बिरामी भएको बेला जिल्ला बाहिरका अस्पताल लैजानु पर्दा निजी सवारी साधनमा चर्काे मूल्य तिर्नुपर्ने बाध्यता रहेको स्थानीय दिनेश विष्टले बताउनुभयो । 

नगरपालिका प्रमुख केशवबहादुर चन्दले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा नगरपालिकाले आफ्नो जिम्मामा लिने बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्सको जिम्मा लिएर नियमित सञ्चालनमा ल्याउँछौँ ।” रसास |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले