२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

२०७५, २६ पुष बिहीबार ०८:०५

कृष्ण बिष्ट । पुस २५, बैतडी । बैतडीका चारवटै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी १० स्थानिय तह रेहेको बैतडीका ४ वटै नगरपालिकाले एम्बुलेनस सेवा सञ्चालनमा ल्याएको हुन । जिल्लाको पुर्चाैडी, पाटन, मेलौली, र दशरथ चन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन । नगरपालिकाहरुमा एम्बुलेन्स सेवा सञ्चालनमा आए सँगै स्वास्थ्य क्षेत्रको सेवा प्रबाहमा सहज भएको सम्बन्धित नगरपालिकाले जनाएका छन । 


कुनै जटिल रोग लागेका तथा कुनै दुर्घटना हुदा छिटो अस्पताल पुर्याउनको लागि सहज भएको मेलौली नगरपालिकाले जनाएको छ । ग्रामिण भेगमा सडक सञ्जाल पुगेकोले यहाका नागरीकहरुको लागि सहज होस भनि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिँह नायकले बताए ।  

निजि सवारी साधनमा बिरामी तथा घाइतेलाई चर्को मुल्य तिरेर अस्पताल पुर्याउनु पर्ने स्थानियको बाध्यताको अन्त्य भएको छ । कुनै जटिल रोग लागेमा जिल्ला तथा जिल्ला अस्पताल तथा जिल्ला बाहिर लैजान परेमा चर्काे भाडा तिरेर अस्पताल पुर्याउनु पर्ने बाध्यता हटेको मेलौली नगरपालिकाका स्थनिय लक्ष्मण पार्कीले बताउनुभयो । 


एम्बुलेन्स सेवा सुरु भएपछि कुनै दुर्घटना हुदा र सिकिस्त बिरामी भएको बेला बिरामीलाइ छिटो अस्पताल लैजना सहज भएको पुर्चौडी नगरपालिकाका स्थानिय राजेस धामीले बताउनुभयो । एम्बुलेन्स सुविधा भएपछि नागरिकले बिरामीलाई बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता हटेको पुर्चाैडी नगरपालिकाका स्वास्थ्य प्रमुख बिनोद कुवँरले बताउनुभयो । पुर्चाेडी नगरपालिकाले गत महिना देखिमात्रै एम्बुलेन्स सेवा सुरु गरेको हो ।

यस्तै दशरथ चन्द नगरपालिकाले एक वर्ष पहिले देखि एम्बुलेन्स सेवा सुचारु गरेको छ । एम्बुलेन्स सेवा सुरु भएदेखि यहाका नागरीकहरुले राहात महसुस गरेको दशरथ चन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो ।    

पाटन नगरपालिकाले पनि प्राथमिक स्वास्थ्यकेन्द्र पाटनको एम्बुलेन्स नगरपालिका मार्फत नै सञ्चालन हुने नगरप्रमुख केसव बहादुर चन्दले बताउनुभयो । बिगत ३ वर्ष देखि प्राथमिक स्वास्थ्य केन्द्रले सर्बसुलभ मुल्यमा सेवा बिस्तार गरीरहेको थियो । एम्बुलेन्स पुरानो भएकाले बेला बेला बिग्रन थालेपछि र्ममत नहुदा नियमित सञ्चालनमा आएको थिएन ।  एम्बुलेन्स नियमित सञ्चालनको लागि प्राथमिक स्वास्थ्य केन्द्रबाट नगरपालिकामा निवेदन गएपछि नगर प्रमुख केसव बहादुर चन्दले अब नगरपालिका मार्मथ सञ्चालनमा ल्याउने बताउनुभयो । 

यसरी स्थानीय तहले एम्बुलेन्स सेवा दिदा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हटेको पाटन नगरपालिका ९ का स्थानिय रामचन्द्र ऐरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला