2026-09-14 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा सुन्तला उत्पादन वृद्धि

पुस २६, फलेवास |  जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ । 

जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष गत वर्षभन्दा चार प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको हो । जिल्लामा गत वर्ष तीन हजार २०० मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन भएको थियो । यस वर्ष झण्ढै १५० मेट्रिक टन सुन्तला बढी उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । 

पर्वतमा ७७० हेक्टर जमीनमा सुन्तला खेती हुन्छ । किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । असिनाका कारण उत्पादन घटे पनि गत वर्ष फेरि सात प्रतिशतले वृद्धि भएको थियो । कृषकले व्यावसायिक रुपमा खेती गर्न थाल्नु, सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत वृद्धि हुँदै जानुले वर्षेनी उत्पादन बढ्दै गएको रेग्मीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला क्षेत्रलाई सुन्तला क्षेत्रका रुपमा विकास गरिँदै गएको छ । जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरापालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपाकिलाको भोक्सिङ, होश्राङ्दी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको पाङग्राङ र फलेवास नगरपालिकाको कुर्घा, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तलाखेती गरिँदै आएको छ । 

जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा यस वर्ष झण्डै पाँच करोडको सुन्तला उत्पादन भएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यी दुईवटै गाउँको मुख्य पेशा नै सुन्तला बनेको छ । पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतवाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ । पर्वतको सुन्तला पोखरा, चितवन, काठमाडौँ, काँकडभित्ता, बुटवललगायतका शहरमा निर्यात हुन्छ । कृषकको बोटमै सुन्तला खरीद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाइंले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ