2026-10-15 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

पुस २८, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग आग्रह गर्नुभएको छ । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) को २१औँ वार्षिकोत्सवका अवसरमा संविधानको भावनाअनुसार निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै उहाँले शैक्षिक लगानीकर्ता र सरकारसँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

एनप्याब्सनका कर्णाली प्रदेश अध्यक्ष कमलबहादुर सिंहले संविधानको भावनाविपरीत उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव प्रतिवेदन तयार पारेकामा आपत्ति जनाउनुभयो । “एउटा ऐनले अनुमति दिने, अर्को ऐनले अङ्कुश लगाउने काम भएको छ”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा प्रदान गर्न र बेरोजगारी समस्या समाधान गर्न निजी स्कूलको योगदान राज्यले भुल्नु हुँदैन ।” 

उहाँले यही पुस २० गते दैलेखमा सम्पन्न एनप्याब्सनको दोस्रो पूर्ण बैठकले तयार पारेको आठ बुँदे दैलेख घोषणापत्र मन्त्री रावललाई हस्तान्तरण गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो