२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीको त्रियुगा सहकारीको रु ६८ करोड कारोवार

२०७५, २९ पुष आईतवार ०९:३३

 पुस २९, सप्तरी |  किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४-७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ । 

जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सहकारी संस्थामा हाल दुई हजार २४४ शेयर सदस्य रहेको व्यवस्थापक दीपक कार्कीले बताउनुभयो । 

मलखाद, बीउबिजन उपलब्ध गराउँदै आएको सहकारीले पशुपालन व्यवसाय गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको सो संस्थाले एम्बुलेन्स सेवा, खेत जोत्ने ट्याक्टर, चर्पी सफा गर्ने सेफ्टीट्याङ्की र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको छ । 

उक्त कार्यक्रमको प्रदेश नं २ का कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले साधारणसभाको उद्घाटन गर्नुभयो । समारोहमा नियमित दूध खरिद बिक्री गर्ने उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्तालाई सम्मान गरिनुका साथै सामुदायिक विद्यालयमा अध्ययनरत एसइई परीक्षामा उत्कृष्ट अङ्कमा उत्तीर्ण हुने दुई विद्यार्थीलाई जनही रु १५ हजार छात्रवृत्ति प्रदान गरिएको छ । 

साधारणसभामा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका केन्द्रीय सदस्य विश्वनाथ मण्डल, जिल्ला सहकारी सङ्घका अध्यक्ष बिनोदकुमार दत्त, सहकारीकर्मी मुरारी कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सस्थाका अध्यक्ष शम्भुबहादुर खड्काका अनुसार साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ