२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती

३० पुष २०७५, सोमबार ०५:५७

पुस ३०, बैतडी | बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् । 

चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन् । स्थानीय सरकारले डम्पिङ साइट नबनाउँदा खुला स्थानमा फोहर फाल्दा विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासँग पनि डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । २०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ । 

केही वर्षसम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायीरुपमा फोहर व्यवस्थापन गरिरहेको छ । डम्पिङ साइटको लागि जमीन खोज्न थालेको वर्षौं भए पनि उपयुक्त जमीन नमिलेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरुदेखि नै पहल थालेको भए पनि जमीन नपाउँदा समस्या भएको छ । 

यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइट निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी बताउनुभयो । नगरपालिकाले अहिले घाङल खोलामा अस्थायीरुपमा फोहर व्यवस्थापन गरिरहेको छ । खुलारुपमै खोलामै फोहर फाल्ने गरेको त्यो फोहर सुर्नया नदीमा मिसिने गरेको छ । 

राज्य पुनःसंरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौँडी नगरपालिकामा पनि डम्पिङ साइटको व्यवस्था छैन । यसका साथै यहाँका गाउँपालिकाले पनि डम्पिङ साइटको व्यवस्थापन गर्न सकेका छैन । दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा डम्पिङ साइट छैन । रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो