२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

हुम्लामा पहिलोपटक कैदीका लागि पुस्तक हस्तारन्तरण

२०७५, ४ माघ शुक्रबार ०६:५७

दाने बोहरा | माघ ४, हुम्ला | कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । 

मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान शुरु गरेपछि हुम्ला कारागारमा पहिलो पटक पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो । 

क्याम्पस प्रमुख रोकायाले कारागारमा पुस्तकालयको सुविधा हुँदा पुस्तक पढेर कैदीले आफ्नो जीवन र सोच बदल्न सक्ने भएकाले पुस्तक हस्तान्तरण गरेको बताउनुभयो । “पुस्तक सानो हो तर यसले संसार चिनाउँछ, पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो, पुस्तकले सकारात्मक सोचका साथ राम्रो छाप छोड्नसक्छ”, रोकायाले भन्नुभयो । 

हस्तान्तरण गरिएका पुस्तकहरू जीवनी, साहित्यिक, कथा, दर्शन, विचारसँग सम्बन्धित छन् । रोकायाले आफूले नै लेखेका १४ पुस्तक पनि हस्तान्तरण गर्नुभएको छ । आफूले लेखेका कथासङ्ग्रह, उपन्यास, नाटक, कविता, जीवनी पुस्तक हस्तान्तरण गरिएको छ । 

कारागारमा पुस्तकालय अभियान उपसमिति गठन भएको एक हप्ता नपुग्दै पुस्तक प्राप्त भएको छ । प्राप्त पुस्तक पढ्ने कैदीले यस्तो सहयोगलाई कहिल्यै बिर्सन नसक्ने भन्दै कार्यालयका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले यस्तो सहयोगलाई आफूले सकारात्मकरूपमा लिएको बताउनुभयो । 

कैदीबन्दीलाई एउटा पुस्तक पढेर सकिएपछि अर्को पुस्तक पढ्न दिइने प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । आउँदा दिनमा अन्य व्यक्तिबाट पनि ज्ञानवद्र्धक पुस्तक प्राप्त हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो । 

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता 

जिल्लाको खार्पुनाथ गाउँपालिका–५ ले स्थानीयलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जनतालाई गाउँ घरमा सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले सेवाग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

निर्धारित समयभन्दा ढिलो भए पनि सामाजिक सुरक्षा भत्ता पाउने सबै सेवाग्रहीलाई घरमै पुगेर हातहातमा वितरण गरिएको गाउँपालिकाका नायव सुब्बा कृष्ण रोकायाले बताउनुभयो । वडा नं ५ का ५५१ सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वापतको चौमासिक भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

वडाध्यक्ष भीमराज शाहीले आफैँ घरघरमा पुगेर भत्ता वितरण गर्नुभएको हो । सत्तरी वर्षभन्दा माथिका ८०, २६४ बालबालिका र ६० वर्षमाथिका २०७ सेवाग्राहीलाई भत्ता वितरण गर्न रु १८ लाख ५० हजार बजेट खर्च भएको रोकायाले जानकारी दिनुभयो । 

सामाजिक सुरक्षा भत्तावापत हाल ज्येष्ठ नागरिकले मासिक चार हजार, ६० वर्षमाथिका नागरिकलाई मासिक रु दुई हजार र पाँच वर्षमुनिका बालबालिकालाई बाल अनुदान मासिक ४०० रकम वितरण गरिएको छ । 

खानेपानी पुग्दा गाउँमा पूजाआजा 

हुम्लाको सर्केगाड गाउँपालिका–४ खानेपानीको योजना निर्माण भई धाराबाट पानी खसेपछि स्थानीयले धारामा पूजाआजा गरेका छन् । 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका वडा नं ४ को मुण्डी गाउँका स्थानीय बासिन्दाले खानेपानीको समस्या समाधान भएपछि खुशियाली मनाएका हुन् । 

गाउँमा यसअघि खानेपानीको स्थायी समाधान नहुँदा मुण्डीवासीले समस्या भोग्दै आएका थिए । अहिले स्थायीरूपमा समाधान भएको स्थानीय जसबहादुर थापाले बताउनुभयो । वडा नं ४ मुण्डी गाउँमा नौ वटा धारा जडान भएपछि सबैलाई खानेपानीको सहज आपूर्ति भएको छ । 

यसअघि अधुरा र पानीको स्रोत कम भएका योजना निर्माण भएकाले स्थानीय बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका थिए । “अब समस्याको स्थायी समाधान भएको छ तर स्थानीयले यसको हेरविचार गर्नुका साथै मर्मत संभारमा ध्यान दिनुपर्नेछ”, उहाँले भन्नुभयो । 

खानेपानीबाट ५४ घरधुरीका ३११ जना प्रत्यक्ष लाभाविन्त भएको खानेपानी योजनाका लागि आर्थिक सहयोग गर्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताउनुभयो । 

गत चैत महीनामा स्थानीय उभोक्ता समिति गठन गरेर वैशाख महीनादेखि निर्माण कार्य शुरु भई निधारित समयभन्दा अगाडि नै सम्पन्न भएको सल्लाहकार थापाले बताउनुभयो । 

तीन किलोमिटर टाढाको पताले मूलबाट पाइपलाइनबाट पानी ल्याएर मुण्डी गाउँमा नौ र विद्यालयमा एक गरी दश वटा बालमैत्री धारा निर्माण गरिएको छ । कूल रु ४४ लाख ७७ हजार २०१ लागतको सो योजनामा २५ प्रतिशत स्थानीयको जनश्रमदान र बाँकी सबै आयोजनाले बेहोरेको उहाँले जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण