२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाँके र बर्दिया कर्णालीमा गाभ्न व्यापरीहरुले गरे यस्तो आग्रह

२०७५, ६ माघ आईतवार १४:०३

माघ ६, सुर्खेत । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न सुर्खेतका व्यापारीहरुलाई अगुवाई गर्न बाँकेका व्यापारीहरुले आग्रह गरेका छन् । अध्ययन अवलोकनका लागि भारत हिडेको सुर्खेत उद्योग बाणिज्य संघलाई नेपालगञ्जमा स्वागत गर्दै बाँकेको व्यापरीहरुले यस्तो आग्रह गरेका हुन् ।


बाँके उद्योग बाणिज्य संघले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नुनदेखी चामल र रोटी–बेटीको सम्बन्ध रहेको बाँके र बर्दियालाई कर्णालीमा गाभ्नु पर्ने बताए । ‘संघीयताका कारण ठूलो क्षती बाँके र बर्दियालाई भएको छ’ श्रेष्ठले भने, ‘अब कर्णालीमा गाभ्नका लागि सुर्खेत उद्योग बाणिज्य संघले यसको अगुवाई गर्नुपर्ने बेला आएको छ । यतिबेला कर्णालीलाई बाँके–बर्दिया र बाँके–बर्दियालाई कर्णालीको जरुरी छ ।’ पुर्खादेखीको सम्बन्ध रहेको राप्ती, कर्णाली र भेरीलाई संघीयताले विचल्लीमा परेको श्रेष्ठको भनाई छ । ‘पहिलेदेखी नै बाँके र बर्दिया कर्णालीबाट अलग हुनुहुँदैन भन्ने हाम्रो तर्क थियो’ श्रेष्ठले थपे, ‘विषम परिस्थितिमा उक्त मुद्दालाई निष्कर्षमा पु¥याउन सकेनौं । अहिले अधिकाँशको धारणा कर्णालीमा गाभ्नु पर्ने रहेकाले सुर्खेतलाई यसको नेतृत्व गर्न आग्रह गर्दछु ।’ 

बाँके र बर्दियको सम्बन्ध वर्षौदेखी रहेकाले अझैपनि एकै प्रदेशमा जानु पर्नेपर्छ भन्ने धारणा आफूहरुको रहेकोा बाँके उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । उनले अहिले कर्णालीमा गाभ्ने विषय सतहमा आएकाले यसको अगुवाई सुर्खेतलाई गर्न आग्रह गरे । ‘व्यापारिकदेखी धार्मिक सम्बन्ध नै कर्णालीसंग वर्षौदेखी जोडिएको हो’ वैश्यले भने, ‘अझै पनि हामी कर्णालीमा समाहित हुन बलिदान दिन तयार छौं । अब बाँके र बर्दियालाई कर्णालीसंग जोडर उत्तरदेखी दक्षिणसम्मका नाका जोड्न जरुरी छ ।’  

संघिय संरचनाबाट हामी ठगिएको बताएका उनले कर्णालीविना बाँके–बर्दिया र बाँके–बर्दियाविना कर्णालको समृद्धि नहुने भएकाले दबावमुलक अभियान जरुरी रहेको उल्लेख गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका वरिष्ठ सल्लाहकार ईश्वर पोखरेलले अहिले कर्णालीसंग अलग रहेर बाँके बर्दियाको व्यवसाय अघि बढ्न नसक्ने बताए । सरकारी उद्योगलाई धरासाही बनाएको सरकारले अन्तत औद्योगिक नगरी बाँकेका नीजि उद्योगलाई समेत तहसनहश पार्ने योजनामा लागेको उनले दुखेसो पोखे । उदेश्य प्राप्तीका लागि अभियान जारी राख्नु पर्ने भन्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बाँकेका व्यापारीहरुको साथ र समर्थन रहे नेतृत्व लिन आफूहरु तयार रहेको बताए । ‘प्रदेश प्राप्तीमा पनि सुर्खेतबासीले ज्यानै दिएको सबैलाई थाहै छ’ रावतले भने, ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्न आफूहरुले बहस र पैरवी जारी राखेकाले साथ र समर्थनमा एक भएर लाग्न आवश्यक छ ।’ 

उदेश्य प्राप्तीका लागि अभियान जारी राख्नु पर्ने भन्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बाँकेका व्यापारीहरुको साथ र समर्थन रहे नेतृत्व लिन आफूहरु तयार रहेको बताए । ‘प्रदेश प्राप्तीमा पनि सुर्खेतबासीले ज्यानै दिएको सबैलाई थाहै छ’ रावतले भने, ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्न आफूहरुले बहस र पैरवी जारी राखेकाले अब एक भएर यो विषयलाई अघि बढाऔं ।’ अध्ययन अवलोकन भ्रमणका भारत हिडेको सुर्खेत उद्योग बाणिज्य संघको टोलीले तीन वर्षे कार्ययोजना बनाएर फर्किने महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । संघलाई व्ययभार पर्ने भएकाले पदाधिकारीहरुले व्यक्तिगत खर्च उठाएर अवलोकन भ्रमणमा निस्केको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी