2026-10-15 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘समृद्ध कर्णाली र आत्मनिर्भर कर्णालीवासी बनाऔँ’

माघ १४, सुर्खेत (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले समृद्ध कर्णाली र आत्मनिर्भर कर्णालीवासी बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । 

कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा यहाँ आयोजित ‘प्रदेश समन्वय परिषद्को पहिलो बैठक’को छलफल कार्यक्रममा बोल्दै उहाँले आफ्नो प्रदेश आफैँले बनाउनुपर्ने बताउनुभयो । “उतिबेलाको आत्मनिर्भर कर्णाली खस राज्य अहिले आएर परनिर्भर बन्दै गएको छ,” उहाँले भन्नुभयो, “कर्णालीका नाममा दान लिएर खर्च गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बिस्तारै श्रम र उत्पादनबाट यहाँका नागरिकलाई विमुख बनाए ।” 

कर्णलीको अभाव, समस्या र आवश्यकतामा सबै ऐक्यबद्ध भएर लाग्नुको विकल्प नरहेको भन्दै उहाँले जगदुल्ला, वेतन, फुकोट, नलगाड हाइड्रोपावर निर्माणमा जोड दिइने बताउनुभयोे । कर्णालीका गाउँ तथा दलित समुदायलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने धारणासमेत उहाँले राख्नुभएको थियो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै पूर्वाधारको नक्साङ्कन गरेर प्रदेशको विकास खाका कोर्ने बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले कुन स्तरका योजना कसले बनाउने भन्ने कुराको निक्र्यौल हुनुपर्ने उहाँको भनाइ थियो । बैठकको पहिलो दिनमा प्रदेशसभा सदस्य तथा नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल, प्रदेशसभा सदस्य यज्ञ बिसी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो