२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२२ बुदे साझा प्रतिवद्धतासहित सकियो कर्णाली प्रदेशको समन्वय परिषद् बैठक

१५ माघ २०७५, मंगलवार १४:३०

माघ १५, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्ने भएको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको प्रदेश समन्वय परिषद्को प्रथम बैठकले प्रदेश सरकारकै लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्न साझा प्रतिवद्धता गरेको हो ।


कति वर्षमा र कहाँ विद्युत उत्पादन गर्ने भन्ने विषयमा बैठकले निष्कर्ष निकालेको छैन् । तर आगामी वर्षदेखी प्रदेश र स्थानीय सरकारको लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्ने प्रतिवद्धता गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । कहाँ, कहिले र कुन ठाउँमा उत्पादन गर्ने भन्ने निक्र्यौल नगरेपनि प्रदेश सरकारको लगानीमा पाँच सय विद्युत उत्पादन गरेरै छाड्ने शाहीको प्रतिवद्धता छ । प्रदेश समन्वय परिषद्का अध्यक्ष समेत रहेका शाहीले प्रदेशको विद्युतीकरण र बैकल्पिक ऊर्जाको विकास गर्ने योजनाहरु साझा प्रतिवद्धता पत्रमा समवेश गरिएको उल्लेख गरे । पूर्वाधार विकास, कृषि, वन, पर्यटन, उद्योग, ऊर्जा र सेवाजस्ता क्षेत्रमा परियोजना बैंक बनाएर लगानी गर्ने प्रतिवद्धता समेत गरिएको शाहीले जानकारी दिए ।  समृद्ध कर्णाली, खुसी कर्णालीबासी लक्ष्य हासिल गर्न आफ्नै मौलिकतामा आधारित कर्णाली विकास मोडल २५ वर्षे कर्णाली सोचमा प्रतिव्यक्ति आय दुईहजार एकसय डलर बनाउने खालका योजनाको तर्जुमा गरिने शाहीले बताए ।  रैथाने बालीको संरक्षणदेखी प्रदेश र स्थानीय तहहरुमा लगानीमैत्री वातावरण निर्माण गर्ने २२ बुदा साझा प्रतिवद्धता पत्रमा समावेश छ । यस्तै प्रथम पञ्चवर्षिय योजना र वार्षिक योजना तय गर्न वितरणमुखी होईन, नजितामुखी योजनाको तर्जुमा गरी समग्र आवधिक योजनामार्फत कार्यान्वयन, अनुगमन र मुल्याङ्कनको थालनी गर्ने बैठकमा प्रतिवद्धता जनाइएको छ । ‘प्रदेशका तत्कालिन समस्यालाई छलफल गरेर साझा प्रतिवद्धता गरेका छौं’ शाहीले भने, ‘विगतमा जे भयो त्यतातिर ध्यान नदिनुहोस् अब आगामी दिनमा प्रदेश र स्थानीय सरकार बिच कुनै विभेद नहरेर समन्वयबाट प्रदेशको विकासमा सबै एक भएर लाग्नेछौं ।’ 

तीन तहविच साझा अधिकार सूची अनुरुप अधिकार र स्रोतको बाँडफाँटमा साझा बुझाई, एकरुपता र प्रभावकारी कार्यान्वय गर्ने, प्रदेशको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणमा अनुभूत हुने गरी नीति तथा कार्यक्रमहरुको तर्जुमा तथा कार्यान्वयन, नागरिक जवाफदेहितासहितको जिम्मेवारी पूरा गरेर सुशासन कायम गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । छरिएर रहेका वस्तीहरुको एकिकृत बस्ती विकास र जनता आवास कार्यक्रम सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा योजना कार्यक्रमहरु तय गर्ने बैठकमा प्रतिवद्धता जनाइएको छ । ‘प्रदेश र स्थानीय सरकारले उत्पादनमा वृद्धि गरेर रोजगारी सिर्जना र गरबी निवारण हुने कार्यक्रमलाई प्राथमिकता दिइने छ’ शाहीले भने, ‘स्थानीय तहबाट पारित नीति तथा कार्यक्रम अब प्रदेशमा उपलव्ध गराएर कार्यान्वयन गर्न नीति तथा प्रणालीगत व्यवस्था अबलम्बन गरिने छ ।’ उनले अर्गानिक उत्पादन वृद्धि गर्न, मौलिक सीप र ज्ञानको सदुपयोग गरेर निर्वाहमुखी पद्धितीलाई व्यवसायीकमुखी बनाउन समन्वय गरिने पनि बताए । विपद्का घटनाहरुमा तत्काल उद्धार, राहत र पुनस्र्थापना तथा पूर्वाधार तयारीका कार्यक्रम सञ्चालन गर्न प्रदेश स्थानीय सरकारको समन्वयमा हुने शाहीको भनाई छ ।

प्रदेशको उच्च प्राथमिकतामा रहेको कनेक्टिभिटी र इलेक्ट्रीसीटी अन्तरगत पूर्वाधार विकास, सडक सञ्जालको विस्तार र हवाई यातायातको भरपर्दो व्यवस्था गर्न समेत समन्वयका आधारमा काम गरिने बैठकमा प्रतिवद्धता गरिएको छ । बैठकमा दश जिल्लाका प्रतिनीधि सधाका सांसद्, कर्णाली प्रदेशका मन्त्रीहरु, सभामुख, प्रदेश सभाका सांसद्, सचिवहरु तथा कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो